Presidential

पार्टी एकता जेठ महिनाभित्रै सकिन्छः बरिष्ठ नेता खनाल


पार्टी एकता जेठ महिनाभित्रै सकिन्छः बरिष्ठ नेता खनाल

काठमाडौं, १ जेठ । नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता झलनाथ खनालले पार्टी एकता जेठ महिनाभित्रै सम्पन्न हुने बताएका छन ।
युवा संघको २९औं स्थापना दिवसमा बरिष्ठ नेता खनालले यस्तो बताएका हुन।

‘धेरै साथीहरुले जेठ ३ गते एकता टुंगिन्छ भन्नुभयो, यसअघि पनि धेरैपटक आशा देखाइयो तर त्यो आयो अनि गयो आयो र गयो,’ बरिष्ठ नेता खनालले भने, ‘जेठ ३ गते हुन्छ वा हुँदैन भन्न सक्दिन तर जेठ महिना चाँही सकभर कट्दैन ।’
राष्ट्रिय सभागृमा भएको कार्यक्रममा पार्टीका शीर्ष नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति छ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार