Presidential

पोखरामा गोली हानेर लागुऔषध कारोवारी नियन्त्रणमा


पोखरामा गोली हानेर लागुऔषध कारोवारी नियन्त्रणमा

पोखरा,२९ जेठ । पोखराको उत्तमचोकमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ ।प्रहरीले पक्राउ गर्न खोज्दा अपरेसनमा खटिएका प्रहरी सहायक निरीक्षकमाथि आक्रमण गरेपछि लागूऔषध कारोबारी ‘जोन’ भनिने गोविन्द थापामाथि गोली चलाएर नियन्त्रणमा लिएको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले पुष्टि गरेका छन् ।

उनको गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका थापा लागूऔषध मुद्दामै तीन बर्ष कतारको कारागारमा बसेर छुटेका ब्यक्ति भएको प्रहरीले जनाएको छ । उनलाई पोखराको उत्तम चोकमा गोली हानेर नियन्त्रणमा लिइएको हो ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार