Presidential

प्रधानमन्त्रीलाई धेरै धपेडी नगर्न चिकित्सकको सुझाव


प्रधानमन्त्रीलाई धेरै धपेडी नगर्न चिकित्सकको सुझाव

काठमाडौं, २३ भदौं । दुई साता लामो उपचारपछि स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र पार्टी दुवैतर्फका काम सुस्तरी अघि बढाएका छन् ।

उनी बालुवाटारबाट बाहिर निस्केका छैनन् । प्रधानमन्त्री निवासमै सामान्य भेटघाट र सरकारी काम गरिरहेका छन् ।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार चिकित्सकले ओलीलाई धेरै धपेडी नगर्न सुझाएका छन् । धेरै मानिस संलग्न हुने कार्यक्रममा सहभागी नहुन पनि सल्लाह दिएका छन् ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार