Presidential

बढी शुल्क लिने कलेज सञ्चालकको मन्त्री नै हटाई दिने धम्की


बढी शुल्क लिने कलेज सञ्चालकको मन्त्री नै हटाई दिने धम्की

काठमाडौं, १० असोज । निजी मेडिकल कलेज सञ्चालकहरूले आफूहरूले हाकाहाकी सरकारले तोकेको भन्दा प्रतिव्यक्ति ७ लाख रुपैयाँ बढी शुल्क लिएको स्वीकारेका छन् । यति मात्र हैन उनीहरूले शुल्क फिर्ता गर्न बाध्य पारे शिक्षामन्त्री नै हटाई दिने धम्की दिएका छन् ।

रिपोटर्स क्लबमा बिहीबार आयोजित अन्तरक्रियामा निजी मेडिकल कलेजहरूको सचिव समेत रहेका नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माले सरकारले ४२ लाख ४५ हजार शुल्क तोके पनि आफूहरूले ४९ लाख ९० हजार शुल्क लिएको स्वीकार्दै धम्की दिए, ‘विश्वविद्यालयका डीनकै सल्लाहमा बिल काटेर लिएका हौं । हामीले गरेअनुसार नभए शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई नै हटाई दिन्छौं ।’

सोही अवसरमा एशोसिएसन अफ प्राइभेट मेडिकल तथा डेन्टल कलेज अफ नेपालका अध्यक्ष बसुरुद्धिन अन्सारीले यथास्थितिमा एमबीबीएस तथा बीडीएसमा विद्यार्थी भर्ना नलिने बताउँदै भने, ‘सरकारले एमबीबीएसमा उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ४५ हजार तथा बीडीएसमा १९ लाख ३२ हजार ६१२ रुपैयाँ शुल्क तोकेको छ । यो शुल्कमा सरकार आफैले पढाएर देखाओस् ।’ नेपाल समाचारपत्रबाट

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार