Presidential

बाँकेका वस्ती डुबानमा, नेपालगञ्ज बजार पनि जलमग्न


बाँकेका वस्ती डुबानमा, नेपालगञ्ज बजार पनि जलमग्न

बाँके, २ असोज । लगातारको वर्षाले बाँकेका विभिन्न वस्ती डुबानमा परेका छन् । भारतले सीमा क्षेत्रमा बाँधलगायत संरचना एकतर्फी रूपमा बनाउँदा पानीले निकास नपाउँदा यो जिल्लाका बस्तीहरू डुबानमा परेका हुन् । नेपालगञ्ज, खजुरा र जानकी गाउँपालिका लगायतका बस्ती डुवानमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, बाँकेले दिएको जानकारी अनुसार, जिल्लाको खजुरा गाउँपालिका २, ५, ६ र ७ वडाका घरहरू डुबानमा परेका छन् ।

प्रहरीका अनुसार, पानी पसेपछि प्रभावितहरूलाई सकुशल सुरक्षित स्थानमा सारिएको छ । कतिपयले आफन्तकोमा आश्रय लिइरहेका छन् ।

त्यस्तै, जानकी गाउँपालिका वडा नं। १ को ४ घर मात्रै डुबानमा परेका छन् । अन्य घर नडुबे पनि वर्षाले यहाँको जनजीवन प्रभावित भएको छ ।

वर्षाले जिल्लाको मुख्य बजार नेपालगञ्जलगायत पनि जलमग्न भएको छ । यहाँको सेतु विक चोक, घरबारी टोल, धम्बोझी, सुर्खेत रोडलगायत स्थानका घरमा पानी पसेको छ । नेपालगञ्जदेखि बर्दिया सदरमुकाम जाने सडक अवरुद्ध भएको छ । किरण नालामा आएको बाढीले सडक डुबाउँदा सवारी आवागमन ठप्प भएको हो ।

त्यस्तै, मानखोलाको बाढीले सिन्दुरे, दशबिगाहा, आठ बिगाहालगायतका गाउँ पनि जलमग्न भएका छन् । डुबान प्रभावितलाई जनसेवा माविलगायतका स्थानमा राखिएको छ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार