Presidential

बेलायतको संसद निलम्बित, प्रधानमन्त्री वोरिसको आलोचना


बेलायतको संसद निलम्बित, प्रधानमन्त्री वोरिसको आलोचना

काठमाडौं, १२ भदौं । बेलायतकी महारानी एलिजाबेथले संसद निलम्बन गर्ने सरकारको सिफारिस स्वीकृत गरेकी छन् । प्रधानमन्त्री बोरिस जोन्सनले आउँदो १४ अक्टुबरसम्मका लागि संसद निलम्बन गर्ने निर्णय गर्दै त्यसको स्वीकृतिका लागि महारानी समक्ष पेश गरेका थिए ।

महारानीले स्वीकृति दिएकाले अब सेप्टेम्बर महिनाबाट बेलायतको संसद निलम्बन हुने भएको छ । त्यसपछि ३१ अक्टुबरमा विना कुनै सम्झौता बेलायत युरोपेली युनियन (ईयू) बाट बाहिरिने छ ।

संसद निलम्बन हुने भएकाले त्यसबारे संसदमा कुनै किसिमको बहस हुने छैन । विना सम्झौता ईयूबाट बेलायत बाहिरिने प्रक्रिया रोक्नेलगायतका विधेयकहरु अब निष्कृय हुनेछन् ।

प्रधानमन्त्रीको वोरिसको आलोचना

विना कुनै सम्झौता ईयूबाट बेलायत बाहिरिने (ब्रेक्जिट) प्रक्रिया रोक्ने कानुन पारित हुन नदिन प्रधानमन्त्री जोनसनले संसद निलम्बनको निर्णय गरेको भन्दै विपक्षी र सत्ता पक्षीय सांसदहरुले आलोचना गरेका छन् ।

सत्ताधारी टोरी पार्टीले समेत सरकारको यो कदमलाई अपमानजनक भनेको छ । संसद निलम्बनको निर्णयले जोनसन नेतृत्वको सरकार खस्किने चेतावनी दिएका छन् ।

तल्लो सदन हाउस अफ कमन्सका सभामुखले समेत सांसदहरुलाई ब्रेक्जिटबारे बहस गर्न नदिन प्रधानमन्त्री जोनसनले संसद निलम्बनको निर्णय गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

ब्रेक्जिटबारे पर्याप्त छलफल र बहस गर्ने समयसमेत अभाव हुने आलोचकहरुको भनाइ छ । तर जोनसनले त्यसलाई नकार्दै भनेका छन्, ‘संसद भङ्ग भएपछि १४ अक्टुबरमा महारानीको सम्बोधन हुनेछ ।’ एजेन्सी

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार