Presidential

भारतले फेरि पाकिस्तानमा आक्रमण गर्न सक्ने पाकिस्तानको दाबी


भारतले फेरि पाकिस्तानमा आक्रमण गर्न सक्ने पाकिस्तानको दाबी

काठमाडौ, २५ चैत । पाकिस्तानले आफूमाथि भारतले यो महिनाभित्र सैन्य आक्रमण गर्ने योजना बनाइरहेको विश्वसनीय सूचना पाएको दाबी गरेको छ।
उक्त भनाइलाई भारतले भने पाकिस्तानको युद्ध उन्माद भनेर प्रतिक्रिया दिएको छ।

पाकिस्तानका विदेशमन्त्री महमुद कुरेशीले आफूहरूसँग भारतीय योजनाबारे गुप्त सूचना भएको आइतवार बताएका थिए।

गत फेब्रुअरीमा भारत(प्रशासित कश्मीरको पुलवामामा ४० जनाभन्दा बढी अर्धसैनिकहरूको ज्यान जानेगरी एउटा आत्मघाती आक्रमण भएपछि दुई देशबीच तनाव बढेको थियो।

कश्मीरमा अस्थिरता बढ्दा बाँकी विश्व किन चिन्तित हुन्छ इमरान खान भन्छन्, चुनावअघि भारतले फेरि केही गर्न सक्छ ।
किन बढ्यो तनाव ?
पुलवामामा आक्रमण गराउने जैश ए‍ मोहम्मद समूहलाई पाकिस्तानले संरक्षण दिएको भारतको दाबी छ। तर पाकिस्तानले त्यसका यथेष्ट प्रमाण नभएको बताउने गरेको छ।
तर प्रतिक्रियास्वरूप भारतले पाकिस्तानी भूमिमा हवाई आक्रमण गर्‍यो। उसले त्यहाँ सशस्त्र विद्रोहीको तालिम केन्द्र रहेको दाबी गरेको थियो।
के छ पाकिस्तानको दाबी ?
गत फेब्रुअरीको उक्त घटनापछि यी मुलुकहरूको तनाव कम भएको जस्तो देखिएको थियो।

तर केही दिनअघि फाइन्यान्शल टाइम्स पत्रिकालाई दिएको अन्तर्वार्तामा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारत युद्धको उन्मादुबाट ग्रसित भएको र भारतमा निर्वाचन हुन लागेकाले उसले पुन केही गर्न सक्ने आशङ्का व्यक्त गरेका थिए।

अहिले उनका विदेशमन्त्रीले पाकिस्तानसँग भारतले गर्न लागेको आक्रमणबारे ुगुप्तचरी सूचनाु भएको बताएका छन्।
बिविसीबाट

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार