Presidential

भारतीय निर्वाचनमा नेपाली चासो


भारतीय निर्वाचनमा नेपाली चासो

–काठमाडौं । भारतमा लोकसभाको दोस्रो चरणको निर्वाचन बिहीबार हुँदैछ । भारतीय निर्वाचन आयोगले दोस्रो चरणको चुनावअघि पश्चिम बंगाल राज्यमा विशेष चुनाव पर्यवेक्षक खटाएको छ ।

आयोगले बिहारका प्रमुख निर्वाचन अधिकारी अजय नायकलाई विशेष पर्यवेक्षकमा नियुक्त गरेको छ । पहिलो चरणको चुनावमा पश्चिम बंगालका कूच बेहार र अलिपुरदुआर चुनाव क्षेत्रमा मतदान भइसकेको छ । बाँकी ४० स्थानका लागि विभिन्न ६ चरणमा चुनाव हुँदैछ । भारतमा हुने निर्वाचनमा जनमत पाउने हो भन्नेमा निकै चासोका साथ हेरिएको छ ।

यसअघि भएको निर्वाचनको माहोललाई आंकलन गर्दै बिहीबारबाट हुने निर्र्वाचनमा कुन पार्टीले जनमत आफ्नो पक्षमा पार्ने हो भन्ने सबैको चासोको विषय बनेको छ ।

२०१४ को लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीले हात पारेको मतलाई अहिलेको निर्वाचनमा कायमै राख्न सक्ला ? त्यो भन्दा खस्केला वा अझ मजबुत बन्दै जाने हो ? भन्नेमा सबैको ध्यान गएको छ । यसअघि पहिले चरणमा उत्तर प्रदेश, मध्य प्रदेश, छत्तीसगढ, राजस्थान, झारखण्ड, बिहार र दिल्लीमा निर्वाचन सम्पन्न भइसकेको छ ।

दोस्रो चरणमा १२ राज्यहरुको कूल ९५ सीटहरुमा मतदान हुँदैछ । निर्वाचनमा एक हजार ६३२ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । निर्वाचनमा राजनीतिक दलका नेतादेखि निर्दलिय समेत रहेको छन् । निर्वाचनमा यति बेला सबै भन्दा बढी चर्चामा भारतीय कांग्रेस, भाजपा, डीएमके, बहुजन समाजवादी पार्टी लगायतका पार्टी रहेका छन् ।

यसअघि सन् २०१४ मा भएको निर्वाचनको परिणामलाई हेर्दा अधिकांश राज्यमा भाजपाका नेता नरेन्द्र मोदीको हात परेको थियो ।

उक्त निर्वाचनमा भाजपाले लोकसभाको लगभग ९० प्रतिशत सिटमा जित हात पारेको थियो । उत्तर प्रदेश, बिहार, राजस्थान, मध्य प्रदेश, झारखण्ड, छत्तीसगढ, हरियाणा, हिमाञ्चल, दिल्ली, उत्तराखण्ड र गुजरातमा भाजपाले निकै सिट हात पारेको थियो । भाजपाले एक्लै ११ राज्यमा २१६ सिट जितेको थियो ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार