Presidential

भूकम्पले बन्द भएको तातोपानी नाका आजबाट खुल्यो


भूकम्पले बन्द भएको तातोपानी नाका आजबाट खुल्यो

तातोपानी,१५ जेठ । २०७२ सालको भुकम्पले ध्वस्त भएको नेपाल चीन सीमा तातोपानी नाका बुधवारदेखि खुलेको छ । ०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पपछि चीनले चार वर्षसम्म एकतर्फी बन्द गरेको नाका बुधवार बिहान खुलेको हो । नाका खुलाउँन दुई देशका उच्च अधिकारी सहभागी भएका थिए ।

नेपाल र चीन जोड्ने मितेरी पुलमा उद्योगमन्त्री मात्रिका यादव र चीनको स्वशासित क्षेत्र तिब्बत सरकारका उपमन्त्री तथा चिनियाँ राजदूतको उपस्थितिमा उन बोकेका चारवटा ट्रक नेपालतर्फ पठाइ उद्घाटन गरिएको हो ।नाका खुलाउने कुरालाई चीनले उच्च महत्त्व दिएको देखिएको छ ।
चीनबाट सामान बोकेर आउने ट्रकहरु नाकाभन्दा झण्डै ७ किलोमिटर वर लार्चामा निर्माण गरिएको सुक्खा बन्दरगाहमा खोलिने छन् । र, त्यहीँबाट व्यापारीहरुले आफ्ना सामान अन्यत्र ढुवानी गर्नेछन् ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार