Presidential

मंसिरसम्ममा जनकपुर–जयनगर रेल चल्ने


मंसिरसम्ममा जनकपुर–जयनगर रेल चल्ने

धनुषा, ९ असोज । नेपाललाई भारतको राजधानी नयाँदिल्ली, कोलकातालगायत प्रमुख शहरसँग जोड्ने लक्ष्य लिएको रेल सेवा सुचारु हुन सकेको छैन ।

गत वर्षको असोजदेखि जनकपुरधाम–जयनगर रेल सेवा शुरु हुने चर्चा थियो तर चलेन । रेल चल्न भनेर धेरै पटक मिति तोकिए पनि त्यो केवल चर्चामै सीमित भयो ।

रेल विभागका महानिर्देशक बलराम मिश्रले मंसिरदेखि रेल चल्ने बताएका छन् । ‘रेल सेवा सुचारु गर्न कम्तीमा २ सय कर्मचारी चाहिन्छ तर कर्मचारी छैन’, महानिर्देशक मिश्रले भने, ‘कर्मचारी भर्ना प्रक्रिया र रेल इन्जिन नेपाल ल्याउन केही महिना लाग्छ, तर अब ढिलो हुँदैन । मंसिरमध्यसम्म रेल चल्छ ।’ अन्नपूर्ण पोष्ट दैनिकबाट

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार