Presidential

मन्त्रिपरिषद् पुनर्गठन : सात मन्त्री फालिए, आठ जना नियुक्त (सूचीसहित)


मन्त्रिपरिषद् पुनर्गठन : सात मन्त्री फालिए, आठ जना नियुक्त (सूचीसहित)

काठमाडौं, ५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । आठौं पटक पुनर्गठन गर्दै सात मन्त्री हटाएर उनले आठ जना मन्त्री नियुक्तिका सूची राष्ट्रपति कार्यालयमा बुधबार राति पठाएका छन् ।

राष्ट्रपति कार्यालय, शितलनिवासमा बिहान ११ बजे नवनियुक्त मन्त्रीहरुको शपथग्रहण राखिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले नियुक्तिका लागि मन्त्रीहरुको सूचिसहित राष्ट्रपति कार्यालयलाई पत्राचार गरिएको बताए ।

‘प्रधानमन्त्रीका तर्फबाट मन्त्रीमण्डल पुनर्गठनका लागि नियुक्त हुने मन्त्रीहरुको सूचिसहित राष्ट्रपति कार्यालयमा पत्राचारगरिएको छ’, थापाले भने,‘राष्ट्रपतिज्यूले शपथ ग्रहण गराएसँगै बिहीबार मन्त्रीहरुको सूचि सार्वजनिक हुनेछ ।’ ३ फागुन २०७४ मा प्रधानमन्त्रीमा निर्वाचित केपी ओलीले आठौं पटक मन्त्रीपरिषद् पुनर्गठन गरेका हुन् ।mantrimandal1Mantriparisad2

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार