Presidential

माधव नेपाल र भियतनामी कम्युनिस्ट नेताबीच भेट


माधव नेपाल र भियतनामी कम्युनिस्ट नेताबीच भेट

१५ असार । विश्वका कम्युनिस्ट पार्टीहरुको बैठकमा भाग लिन भियतनाम पुगेका नेकपा (एमाले) का बरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधवकुमार नेपाल र भियतनामको सत्तारुढ कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य तथा वैदेशिक मामिला आयोगका उपाध्यक्ष न्गुयुन हुये तांगबीच भेटवार्ता भएको छ ।
हनोईस्थित भियतनामी कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा भएको उक्त भेटघाटमा दुई देश तथा दुई कम्युनिस्ट पार्टीको आपसी सम्बन्ध, सहयोग र सरोकारका बारेमा कुराकानी भएको थियो । उपाध्यक्ष तांगले पूर्वप्रधानमन्त्री नेपालको सम्मानमा रात्रिभोज आयोजना गर्नुभएको थियो ।
साताव्यापी भ्रमणमा त्यसतर्फ गएका बरिष्ठ नेता नेपालको त्यहाँ विश्वका अरु कम्युनिस्ट पार्टीका नेताहरुसँग पनि कुराकानी गर्ने कार्यक्रम रहेको छ । उनका साथमा एमाले विदेश विभाग सदस्य विष्णुहरि पाण्डे छन् ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार