Presidential

यो वर्षको एनपिस अवार्ड पत्रकार कुवँरले जितिन


यो वर्षको एनपिस अवार्ड पत्रकार कुवँरले जितिन

काठमाडौं , २२ फागुन । पत्रकार लोग्शरी कुवर एनपिस अवार्डबाट पुरस्कृत भएकी छन् ।
२०६० सालदेखि पत्रकारितामा सक्रिय कुवरलाई यूएनडीपीको एनपिस नेटवर्कले हिजो थाइल्यान्डमा आयोजना गरेको कार्यक्रममा पुरस्कृत गरिएको हो ।
पत्रकारिताको माध्यमबाट लैङ्िगक समानताको पक्षमा निरन्तरता कलम चलाएको भन्दै नेटवर्कले उनलाई पुरस्कृत गरेको यूएनडीपीले जनाएको छ ।

पत्रकार कुवरलाई अभियन्ता राधा पौडेलले एनपिस अवार्डको ूअनटोल्ड स्टोरीू विधामा कुवरलाई मनोनीत गरेकी थिइन् । यो विधामा नेपालबाट अन्य तीनजना महिलाहरू पनि मनोनीत भएका थिए । मनोनयनमा परेका मध्य सबैभन्दा बढी मत ल्याउनेलाई यो अवार्ड प्रदान गरिन्छ ।

यूएनडीपीले शान्ति स्थापना र लैगिक समानता लागि काम गर्ने एसिया अन्तर्गत सात देशका अभियन्ता र सस्थालाई हरेक वर्ष यो अवार्ड प्रदान गर्दै आइरहेको छ ।
यस्तै सोही कार्यक्रममा नेपाल , फिलिपिन्स, अफगानिस्तान, श्रीलंका, पाकिस्तान, म्यानमार इन्डोनेसियाबाट बिजेता सस्था र अभियन्ताहरुलाई पनि अवार्ड वितरण गरियो ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार