Presidential

यौन दुराचार प्रकरण : २४ घन्टा नबित्दै फेरियो आरोप लगाउने महिलाको बोली


यौन दुराचार प्रकरण : २४ घन्टा नबित्दै फेरियो आरोप लगाउने महिलाको बोली

काठमाडौं, १५ असोज । सोमबार महिलाको आरोप–यतिसम्म गर्नुहोला भन्ने सोचेकी थिइनँ

  •  उहाँ (सभामुख महरा)ले साँझ ७ बजे ‘म आउँछु’ भनेर फोन गर्नुभयो । केहीबेरमा रक्सी बोकेर आउनुभयो, आज दसैँ मनाऊँ भन्नुभयो । पहिल्यै खाएर आउनुभएको रहेछ, फेरि दुई गिलास खानुभयो ।
  •  कोठामा पस्नेबित्तिकै जबर्जस्ती गरेपछि ममाथि कुटपिट पनि भयो । कुटाइले जिउ थिलथिलो भएको छ । योभन्दा पहिले पनि उहाँबाट ममाथि दुव्र्यवहारको प्रयास भएको थियो ।
  •  उहाँलाई मैले ०४७ सालदेखि नै चिनेकी हुँ । रोल्पा हुँदा उहाँकै घरमा बस्थेँ । त्यहाँ बस्दा फेमेलीजस्तै भइसकेको थियो । यतिसम्म गर्नुहोला भन्ने सोच्या थिइनँ । प्रहरी बोलाउँछु भनेपछि मात्रै उहाँ जानुभयो । ‘यतिसम्म गरिस्, कि तँ हुँदैनस्, कि म रहन्नँ’ भनेपछि जानुभएको हो ।
  •  उहाँले (महरा)ले कति वेला आऊँ, के गरौँ भनेर जतिवेला पनि त्यही कुरा गर्नुहुन्थ्यो । त्यो भन्दा मलाई मनै पर्दैन थियो ।

(हाम्राकुरा डटकम)

मंगलबार उनले भनिन्– उहाँ मेरो बाउसमानको मान्छे  

  •  उहाँ (सभामुख महरा) मेरो डेरामा आउनुभएकै छैन, नआएको मान्छेलाई आएको भनेर कसरी भन्नू ? संसद्मा उहाँको प्रेसर जाँच्ने क्रममा भेट हुने हो, कहिलेकाहीँ फोनमा पनि कुरा हुन्छ ।
  •  मैले उहाँलाई मेरो बुबाजस्तै सोच्छु । उमेर पनि बाउकै जस्तो छ । त्यही भएर मैले उहाँलाई बाउलाई गर्नुपर्ने रेस्पेक्ट गर्छु । बाउछोरीकै नातामा कसैले शंका गर्छ र त्यसमा अनेकथरी कुरा गर्छ भने त्यसमा मलाई कुनै लेनादेना छैन, तिनीहरूले नै भोग्नुपर्ला ।
  •  मैले एकपटक सभामुखज्यूसँग हाम्रो समायोजनबारे कुरा गरेकी थिएँ । मेरो समायोजन निकै दुर्गम ठाउँमा भाको छ, त्यो मिलाइदिनुहोला भनेकी थिएँ । ‘हुन्छ, हुन्छ’ भन्नुभएको थियो, तर गर्नुभएन । त्यसपछि मलाई पनि रिस उठ्यो । म अलिकति डिप्रेसनमा पनि छु । औषधि खाइरहेकी छु । समायोजनको विषयमा उहाँसँग फोनमा झगडा पनि भयो ।
  • हिजो मलाई मिडियामा त्यस्तो बोल्न प्रभावित पारेको मेरै रिसले हो, अरू कसैले होइन । डिप्रेसनको औषधि पनि हाइडोजमै लिइरहेकी थिएँ । रिसकै तालमा प्रहरीलगायत क–कसलाई फोन गरे थाहा छैन । तर, अहिले सुनियोजित तरिकाले उहाँलाई पदच्युत गरेर त्यसमा आफू ‘स्टाब्लिस’ हुने खालको माहोल मैले देखेँ ।

(नागरिकखबर डटकम) 

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार