Presidential

रवि लामिछानेसहित तीनै जनाविरुद्ध मुद्दा दर्ताको तयारी


रवि लामिछानेसहित तीनै जनाविरुद्ध मुद्दा दर्ताको तयारी

अनुसन्धान सकियो

चितवन, ८ भदौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लापिमछानेसहित तीनै जनाविरुद्ध मुद्दा दर्ताको तयारी भएको छ ।

प्रहरीले अनुसन्धान प्रक्रिया पूरा गरी आवश्यक प्रमाणसहित मुद्दाका लागि सरकारी वकिलको कार्यालयलाई बुझाएको हो ।

आवश्यक प्रमाणसहित आत्महत्या दुरुत्साहन अभियोगमा मुद्दा दर्ताको तयारी गरिएको केन्द्रीय अनुसन्धानका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिएका छन् । प्रहरीबाट प्राप्त फाइलअनुसार अदालतमा अभियोग दर्ता गरिने र अन्य अदालतले हेर्ने सरकारी वकिलको कार्यालयले जनाएको छ ।

आइतबार बिहान चितवनमा पत्रकार सम्मेलनमा बोल्दै प्रहरी उपरीक्षक दीपक रेग्मीले प्रहरी हिरासतमा रहँदा रवि असुरक्षित रहेको भनी बाहिर आएको हल्लामा कुनै आधार नरहेको जानकारी गराएका छन् । प्रहरीले आफ्नो काम पूरा गरेको र अदालतले गर्ने निर्णयका आधारमा कानुनअनुसार कार्वाही हुने उनले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।

पत्रकार शालिकराम पुडासैनी हत्या प्रकरणमा रवि लामिछाने, युवराज कँडेल र नर्स रुकु भनिने अस्मिता कार्की पक्राउ परेका छन् । आत्महत्या दुरुत्साह

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार