Presidential

राजकुमार ह्यारी र मेगानको छोराको नाम आर्ची


राजकुमार ह्यारी र मेगानको छोराको नाम आर्ची

बेलायती राजकुमार ह्यारी र उनकी श्रीमती मेगानले आफूहरुको पहिलो छोराको नामाकरण गरेका छन्। उनीहरुले पहिलो सन्तानको नाम आर्ची राखेका हुन्।

बेलायती राजपरिवारका पछिल्ला सदस्य अर्थात् ह्यारी दम्पति पुत्रको पूरा नाम भने आर्ची ह्यारिसन माउन्टब्याटेन विन्डसर हो।

राजकुमार ह्यारी दम्पतिले सामाजिक सञ्जाल इन्टाग्राममा उनीहरुको पहिलो सन्तानको नाम सार्वजनिक गरेका हुन्। उनी बेलायती महारानी एलिजावेथका नातिनातिना पुस्ताका आठौं सन्तान हुन्।

‘आज दिउँसो राजपरिवारमा महारानीले नातिनातिनामध्ये आठौं सन्तानको नाम वाचन गरेकी छन्,’ राजकुमार दम्पतिको इन्स्टामा लेखिएको छ, ‘सो शुभ अवसरमा इडिनवर्गका राजा र रानीसमेको उपस्थिति रहेको थियो।’

harry3 hary2

 

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार