Presidential

राजदूत नियुक्तिमा किन ढिलाई ?


राजदूत नियुक्तिमा किन ढिलाई ?

काठमाडौैं, ४ वैशाख । पाँच देशमा राजदूत खाली भएको चार महिना बित्न लाग्दा समेत सरकारले अझै राजदूत नियुक्त गर्न सकेको छैन । प्रदीप ज्ञवाली परराष्ट्रमन्त्री भएपछि एक दिन पनि राजदूत खाली नगर्ने कार्यविधि बनाएका थिए । खाली हुनुभन्दा तीन महिनाअघिबाट नियुक्तिको प्रक्रिया थाल्ने र र एक दिन पनि खाली नराख्नेगरी नियुक्त गर्ने कार्यविधि बनाइएको थियो । तर, महिना दिनपहिले त टाढाको कुरा तीन महिना बितिसक्दा पनि हुन सकेको छैन ।
तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पहिलो सरकारले गरेको सिफारिस उल्ट्याउँदै नेपाली कांग्रेस नेतृत्वको अघिल्लो सरकारले पठाएका तीन राजदूत फिर्ता बोलाइएको थियो । पुस ६ गतेको मन्त्रिपरिषद् बैठकले स्पेनका भरत रायमाझी, बंगलादेशका चोपलाल भुसाल र दक्षिण कोरियाका अर्जुनबहादुर सिंहलाई तीन हप्ताको समय दिएर फिर्ता बोलाएको थियो । ती देशमा अहिलेसम्म नयाँ राजदूत पठाइएको छैन । त्यस्तै, आफ्नै सवारी चालकले मानव तस्करीको आरोप लगाएपछि विवादमा आएकी अस्ट्रेलियाका लागि राजदूत लक्की शेर्पालाई पनि सरकारले फिर्ता बोलाएको थियो । त्यस्तै दक्षिण अफ्रिकाबाट अमृत राई फिर्ता बोलाएर संयुक्त रायट संघको राजदूत बनाएर पठाइएको छ । अहिले अस्टेलिया र दक्षिण अफ्रिकामा पनि राजदूत खाली नै छ ।
राजदूत नियुक्तिको निर्णय गर्न कुनै अप्ठेरो छैन यो सरकारलाई । एकल पार्टीको बहुमतको सरकार छ । सक्ता साझेदार दलहरूबीच सहमति जुटाउनुपर्ने कठिनाइ यो सरकारलाई छैन । शक्तिशाली प्रधानमन्त्री र काविल परराष्ट मन्त्री छन् । तर के कारणले नियुक्त हुन सकेको छैन । यस्तो ढिलाइ हुनुलाई कूटनीतिमा राम्रो मानिएको छैन ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार