Presidential

राष्ट्रपतिलाई भारत भ्रमणको ताकेता


राष्ट्रपतिलाई भारत भ्रमणको ताकेता

bidya-bhandariकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गरेको दुई महिना नबित्दै राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणको पहल भइरहेको छ । स्रोतका अनुसार नेपालका तर्फबाट उक्त प्रस्ताव स्वीकार हुने संकेत पाएपछि मात्रै औपचारिक निमन्त्रणा पठाउने गरी भारतले कूटनीतिक सूत्रहरूमार्फत पहल गरिरहेको छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार आगामी अप्रिल २२ देखि मे २२ सम्म मध्य प्रदेशको उज्जैनमा आयोजना हुने १२ वर्षे कुम्भ मेलाको मौका पारेर राष्ट्रपति भण्डारीलाई भारत लैजाने उताको योजना छ । यसका लागि भारतीय राजदूत रञ्जित रायले परराष्ट्रका अधिकारीहरूसग कुरा गरिसकेको थाहा भएको छ । गत साता परराष्ट्र मन्त्री कमल थापाले परराष्ट्रका भारत शाखा हेर्नेसहितका उच्च अधिकारीहरूलाई बोलाएर राष्ट्रपतिको भारत भ्रमण हुन सक्छ, आवश्यक तयारी गर्नुहोस् भन्नुभएको छ । स्रोतका अनुसार सम्भावित भारत भ्रमणका बारेमा राष्ट्रपति भण्डारी र मन्त्री थापाबीच पनि कुराकानी भइसकेको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री ओली भने तत्कालै राष्ट्रपतिको भारत भ्रमणका पक्षमा हुनुहुन्न । आफ्नो सफल भनेर प्रचार गरिएको भ्रमणलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युरोपेली संघस“ग मिलेर वक्तव्य जारी गरेबाट चिढिएका उनले यति छोटो समयको अन्तरमा दुई उच्चस्तरीय भ्रमण गर्दा राम्रो सन्देश नजाने भन्दै आवश्यक छलफल गर्न सुझाएका छन् ।
विदेशमन्त्री स्वराजको विशेष जोड
राष्ट्रपति भण्डारीलाई भारत भ्रमण गराउन भारतीय विदेशमन्त्री सुष्मा स्वराजको विशेष जोड रहेको बुझिएको छ । मध्यप्रदेशकै विदिषाबाट चुनाव जितेकी मन्त्री स्वराजले आफैं फोन गरेर समेत उक्त कुम्भ मेलामा आउन विशेष आग्रह गरेकी छन् । भारतमा प्रधानमन्त्रीपछिको महŒवपूर्ण मानिने विदेश मन्त्रालय सम्हालिरहेकी भाजपाकी वरिष्ठ नेतृ स्वराजले व्यक्तिगत रूपमा समेत रुचि देखाएपछि राष्ट्रपति भण्डारी पनि दोधारमा पर्नुभएको छ । किनभने, राष्ट्रपतिसमक्ष यस्तो सूचना पनि पुगेको छ कि १५ महिनापछि भारतमा हुने राष्ट्रपतिको निर्वाचनकी एकजना सम्भावित पात्र उनै पनि हुन सक्छिन् ।
पहिलो भ्रमण गराउने रहर
सबैलाई थाहै छ, नेपालको उच्च पदस्थहरू सबभन्दा पहिला आफ्नो देशमा आइदिऊन् भन्ने भारतको चाहना रहिआएको छ । जति तिक्त सम्बन्ध भए पनि प्रधानमन्त्री ओलीलाई समेत भारत भ्रमण गराउन सफल भारतले राष्ट्रपतिको पनि पहिलो भ्रमण आफ्नै देशमा होस् भन्ने चाहेको छ । एक वर्ष राष्ट्रपति र अर्को वर्ष प्रधानमन्त्रीलाई बोआओ फोरममा बोलाउने उत्तरी छिमेकी चीनले अर्को वर्ष राष्ट्रपतिलाई आफ्नो मुलुकमा स्वागत गर्ने निश्चित नै छ । बीचमा के पर्छपर्छ, अहिले नै कुम्भमेलाको अवसर पारेर राष्ट्रपतिलाई भारत भ्रमण गराइहालौं भन्ने भारतको चाहना रहेको परराष्ट्र स्रोतको बुझाइ छ ।
सम्मानमा दुविधा
राष्ट्रपति भण्डारीलाई भारतले मेको दोस्रो साता (वैशाखको अन्तिम) स्वागत गर्न चाहेको छ । कुम्भको मौका पारेर निमन्त्रणा गर्ने, अनि राष्ट्रपति, प्रधानमन्त्री सबैसग भेटघाट गराउने उनीहरूको योजना छ । तर, भर्खरै प्रधानमन्त्री ओलीलाई राजकीय सम्मान दिएको भारतले राष्ट्रपतिलाई चाहि कुन तहको सम्मान दिने भन्नेबारे चाहि खुलाइएको छैन । त्यही सम्मानकै कारण अनौपचारिक प्रकारले भारत लैजाने र सबैलाई भेटाउने योजना अघि सारिएको अनुमान छ । तर, नेपाली पक्षले चाहि राष्ट्रपतिका लागि राजकीय सम्मान खोज्ने नै भयो । किनभने, सामान्यतः राष्ट्रपतिका लागि राजकीय सम्मान नै दिइने चलन छ ।
जानेनजानेमा दोधार
प्रधानमन्त्री ओलीले गरेको भ्रमणका सकारात्मक असर देखा नपर्दै राष्ट्रपति भण्डारीले भारत जाने वा नजाने भन्नेमा कुनै निष्कर्ष निस्किन सकेको छैन । भारतले गरेको स्वागत सत्कारबाट निकै प्रफुल्ल भएर फर्किएका प्रधानमन्त्री ओली आफ्नो भ्रमणलाई नै खारेज गर्ने गरी ब्रसेल्सबाट वक्तव्य जारी भएपछि भारतस“ग थप चिढिनुभएको छ । उहा“को स्वीकृतिविना यस्तो अवस्थामा राष्ट्रपति भण्डारीको भ्रमण भइहाल्छ भन्न नसकिने परराष्ट्रका एक अधिकारीले बताए ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार