Presidential

राष्ट्रपति भण्डारी तथा चीनको अनुशासनात्मक निरीक्षणका लागि केन्द्रीय आयोगका सचिवबीच भेटवार्ता   


राष्ट्रपति भण्डारी तथा चीनको अनुशासनात्मक निरीक्षणका लागि केन्द्रीय आयोगका सचिवबीच भेटवार्ता   

बेइजिङ, १६ वैशाख  ।  राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज दिआवयुताइ सरकारी अतिथि गृहमा चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी समितिका सदस्य तथा अनुशासनात्मक निरीक्षणका लागि केन्द्रीय आयोगका सचिव झाओ लेजीले भेटवार्ता गर्नुभयो ।

उक्त अवसरमा नेपाल–चीनबीचका समग्र पक्षमा छलफल भयो । यसअघि राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तामा पनि नेपाल–चीन बीचका समग्र पक्षमा छलफल भएको थियो ।

भेटका क्रममा राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षीलाई नेपाल भ्रमणका लागि दिनुभएको निमन्त्रणा स्वीकार गर्दै उपयुक्त समयमा भ्रमण गर्ने वचन दिनुभएको बताइएको छ । दुई पक्षबीच अन्तरसीमा पूर्वाधार, कृषि, पर्यटन, लगानी, शिक्षाका सहयोगका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले जानकारी दिनुभयो । यसपछि राष्ट्रपति भण्डारी चिनियाँ राष्ट्रपति जिनफिङका तर्फबाट सचिव लेजीले दिनुभएको रात्रिभोजमा सहभागी हुनुभयो ।
–––

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार