Presidential

रिपब्लिकनको विदेश नीति सार्वजनिक


रिपब्लिकनको विदेश नीति सार्वजनिक

republikकाठमाडौं, १६ बैशाख । अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका उम्मेदवारको दौडमा रहेका डोनाल्ड ट्रम्पले आफ्नो नीति पेश गरेका छन् ।

पाँच राज्यको प्रारम्भिक चरणमा क्लीन स्वीप पछि ट्रम्पले ‘सबै भन्दा पहिला अमेरिकाको नीतिलाई प्राथमिकता’ दिने बताए
का छन् । उनले राष्ट्रपति बाराक ओबामाको विदेश नीति लक्ष्यहीन भएको आरोप लगाएका छन् ।

पेन्सिलवेनिय, कनेक्टिकट, डेलाबेर, मेरील्याण्डमा जीत दर्ता गरेपछि ट्रम्ले रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतिको उमेदवार आफू भएको दाबी गरे ।

उनले इस्लामिक स्टेटको दिन अब धेरै नभएको बताए । ट्रम्पले आईएसलाई कमजोर बनाउन तेलमा उसको पहुँच अन्त्य गर्नुपर्ने बताए । उनले रुस चीन लगायतका देशसँगको समबन्ध सुधार गर्दै जाने पक्षमा आफू रहेको बताए ।

(एजेन्सीहरुको सहयोगमा)

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार