Presidential

लोकसेवाको विज्ञापन असंवैधानिक र गैरकानूनी छ : अध्यक्ष प्रचण्ड


लोकसेवाको विज्ञापन असंवैधानिक र गैरकानूनी छ : अध्यक्ष प्रचण्ड

काठमाडौं, ४ असार  । नेपाल कम्युनिष्ट पाटी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकसेवा आयोगको विज्ञापन असंवैधानिक र गैरकानूनी भएकाले खारेज हुनुपर्ने बताएका छन् ।

खुमलटारस्थित आफ्नै निवासमा आरक्षण बचाऊ आन्दोलनको ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले संविधानको मूल मर्म भनेको समावेशिता, संघीयता भएको बताउँदै लोकसेवाको विज्ञापनले संघीयता र समावेशिताको मर्म र भावनालाई यसले बेवास्ता गरेको बताए । अहिले संसद, पार्टी र नेताहरुमा छलफल र वहस चलिरहेको जानकारी गराउँदै भने, ‘यसलाई करेक्सन गर्नुपर्छ ।’

अध्यक्ष प्रचण्डले थपे, ‘म आफैं पनि राज्य व्यवस्था समितिको सदस्य छु । त्यसो भएको हुनाले स्वाभाविक रुपले राज्य व्यवस्था समितिका पदाधिकारीहरु मसँग आएर के गर्ने, कसो गर्ने भन्ने सल्लाह भइराखेका छन् । समितिले यसलाई खारेज गर्न निर्देशन जारी गरिसकेको हुनाले मैले धेरै भनिराख्नु पर्ने अवस्था नै छैन ।’

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार