Presidential

वडाध्यक्षलाई नै छोइछिटो, पानी खान छुट्टै गिलास


काठमाडौं, १० असोज । गुलरिया नगरपालिका–९ का हरिप्रसाद पासीले भोगेका छुवाछुतका घटना अनगिन्ती छन् ।

दुई वर्ष अघि वडाअध्यक्षमा निर्वाचित भएपछि भने उनले छुवाछुतबाट उन्मुक्ति पाइयो भन्ठानेका थिए । ‘तर सार्वजनिक स्थलको विभेदमा कमी आयो, घरमा छोइछिटो गरिरहेका छन्’ उनले सुनाए ।

वडाअध्यक्ष पासीका अनुसार कथित उपल्लो जातिका घरमा पानी पिउनुप¥यो भने उनलाई छुट्टै गिलास दिइन्छ । ‘मधेसी समाजमा यस्तो भेदभाव बढी छ,’ उनले भने, ‘वडा अध्यक्ष भए पनि कथित उच्च जातिका व्यक्ति मसित राय सल्लाह गर्न आउँदैनन् ।’

बाध्यतावस वडाका काममा आउँछन् । ‘नमस्कार समेत फर्काउँदैनन्’ उनले भने, ‘राम्रोसँग बोल्न पनि बोल्दैनन् ।’ कान्तिपुर दैनिकबाट

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार