Presidential

विवाहको मण्डपमा बसेर दुलहाले पब्जी खेलेपछि…


विवाहको मण्डपमा बसेर दुलहाले पब्जी खेलेपछि…

विवाह दुई आत्मको मिलन हो । विवाह गरेपछि हरेक मानिसको जिवनमा नयाँ अध्याय सुरु हुन्छ । विवाहको मण्डपमा बसेको बेहुलालाई बेहुली प्रति र बेहुलीलाई बेहुलाप्रति चासो हुन्छ । विभिन्न रितिरिवाजका साथ गरिने विवाहमा यदि बेहुला मोबाइलमा खेलिने गेम पब्जी खेलेर बस्छ भने बेहुलीलाई कस्तो अनुभव हुन्छ होला । यस्तै भएको छ भारतमा पनि । विवाहको मण्डपमा बसेर बेहुला पब्जी खेल्छन । उनले बेहुलीलाई हेर्न छाडेर मोबाइल मात्र हेरेर बस्छन भने बेहुली पनि बेहुलाको मोबाइल गेम पब्जीप्रतिको क्रेजलाई देखेर अचम्मित हुन्छिन । आफन्तले ल्याएको उपहारलाई समेत बेहुलाले वास्ता नगरि मोबाइलमा मात्र ध्यान दिएको भिडियो यतिवेला भाइरल बनेको छ । भारतमा मोबाइल एप पब्जी र टिकटकले सरकारलाई नै च्यालेन्ज दिएको छ । हजारौ युवाहरु पब्जी गेम र टिकटकको नशामा डुबेका छन । भारत सरकारले कतिपय राज्यमा यी मोबाइल गेमलाई प्रतिवन्ध समेत लगाई सकेको छ ।
यता नेपालमा पनि टिकटक र पब्जीले थुप्रै युवा पीडिहरुलाई मानसिक रोगी बनाइरहेको तथ्य बाहिरिएपछि पब्जी गेममा सरकारले प्रतिवन्ध लगाएको थियो ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार