Presidential

संघमा आउन ३३० निजामती कर्मचारीले बनाए जटिल बिरामी र कडा रोग लागेको सिफारिस


संघमा आउन ३३० निजामती कर्मचारीले बनाए जटिल बिरामी र कडा रोग लागेको सिफारिस

काठमाडौं, १ भदौ । एक वर्षमै ३३० जना निजामती कर्मचारीले आफूलाई जटिल बिरामी तथा कडा रोग लागेको मेडिकल बोर्डबाट सिफारिस बताएका छन् ।

समायोजन भई स्थानीय तहमा खटिएका कर्मचारी संघमा आउन उनीहरुले बोर्डबाट कडा रोग लागेको सिफारिस गराएका हुन् । त्यस्तो सिफारिस ल्याउने कर्मचारीमध्ये अधिकांश स्वास्थ्य तथा प्रशासन सेवाका छन् ।

कर्मचारी समायोजन ऐन २०७५ मा मानसिक बिरामी तथा कडा रोग लागेको भनी मेडिकल बोर्डबाट सिफारिस ल्याएका कर्मचारीलाई संघमा समायोजन गर्न सकिने व्यवस्था छ ।

उक्त व्यवस्थाको दुरुपयोग गर्दै स्थानीइ तहमा समायोजन भएका कर्मचारीहरुले पुल दरबन्दीमा आउन कडा रोग लागेको सिफारिस गराएका हुन् । नागरिक दैनिकबाट

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार