Presidential

समृद्धिका लागि फ्रान्स सहयोग गर्न इन्छुक


समृद्धिका लागि फ्रान्स सहयोग गर्न इन्छुक

 

काठमाडौं, १९ असोज । नेपालस्थित फ्रान्सका नवनियुक्त राजदूत प्रान्कोइज एक्सभियर लेगरले नेपालको विकास एवं समृद्धिका लागि नेपाली उद्योगी र फ्रान्सेली उद्योगीबीचको सम्बन्धलाई प्रवद्र्धन गर्न आफू इच्छुक रहेको बताएका छन् ।
नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको भेटमा उक्त कुरा बताएका हुन् । राजदूत लेगरले नेपालको औद्योगिक, पर्यटन एवं हवाई क्षेत्रको विकासमा सहकार्य गर्न फ्रान्स इच्छुक रहेको भन्दै समृद्धिको मार्गमा अघि बढेको नेपालको वर्तमान अवस्थामा फ्रान्सको लगानी नेपालमा भिœयाउन सक्दो पहल गर्ने बताएका छन् ।
उनले नेपालको हवाई सुरक्षाका विषयमा सुनिश्चितता प्रदान गर्न नेपालको हवाई विभाग र पर्यटन क्षेत्रमा तालिम उपलब्ध गराउनसमेत आफ्नो मुलुक इच्छुक रहेको बताए । परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालमा विकासका आधारका साथै लगानीको उचित वातावरण रहेकाले फ्रान्सेली उद्योगीका लागिसमेत नेपाल लगानीको राम्रो अवसर भएको बताए ।
नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनीले आफनो लगानीको राम्रो प्रतिफलप्राप्त गरेको नेपालमा सञ्चालित उद्योगले आफनो लगानीको नाफा रकम फिर्ता लैजाने कुरामा कुनै समस्या नभएको पनि उनले जानकारी गराएका थिए । सो अवसरमा परिसंघ पदाधिकारी, गभर्निङ काउन्सिल सदस्य एवं फ्रान्स दूतावासका आर्थिक सल्लाहकारसमेतको उपस्थिति थियो ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार