Presidential

सिन्धुपाल्चोकमा जीप दुर्घटना, तीन जनाको मृत्यु


सिन्धुपाल्चोकमा जीप दुर्घटना, तीन जनाको मृत्यु

सिन्धपाल्चोक, २८ असार । सिन्धुपाल्चोकमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मेलम्चीबाट भोताङ जाँदै गरेको लु १ च ९९९ नम्बरको जीप थाङपालकोट र थाङपालधापको सिमाना फ्याफुला डाँडामा दुर्घटणा भएको हो । जीप अचानक स्टार्ट बन्द भएपछि करिब ४०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ ।
घटनामा घाइते ९ जनालाई उपचारका लागि लगिएको छ।
मृत्यु हुनेमा दुई जना पुरुष र एक जना महिला भएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक पर्शुुराम मल्लले बताए ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार