Presidential

सुत्केरीको हेलिकप्टरबाट उद्धार


सुत्केरीको हेलिकप्टरबाट उद्धार

हुम्ला, २८ साउन ।
हुम्लाको चङ्खेली गाउँपालिकाकी एक सुत्केरीलाई हेलिकप्टरबाट उद्धार गरी अस्पताल पु¥याइएको छ । चङ्खेली गाउँपालिका–३ की २२ वर्षीया कत्ती बुढाले सुत्केरी व्यथा लागेर चार दिनदेखि बच्चा जन्माउन नसकेपछि उपचारका लागि हुम्ला जिल्ला अस्पतालमा हेलिकप्टरबाट लगिएको हो ।

महिला मन्त्रालयसँग समन्वय गरेर उनको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले जानकारी दिनुभयो । बुढालाई जिल्ला अस्पताल पु¥याएसँगै त्यहाँका चिकित्सक सरो प्रजापति, जेष्ठ अनमी सरिता बोहरालगायतको टोलीले शिशु जन्माउन सहयोग पु¥याएको जेष्ठ अनमी बोहराले जानकारी दिनुभयो । अहिले आमा र शिुशु दुवैको अवस्था राम्रो भएको उहाँको भनाइ थियो ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार