Presidential

सेफ्ट टेङ्कीको ढक्कन भासिँदा ४ बालबालिकाको मृत्यु


सेफ्ट टेङ्कीको ढक्कन भासिँदा ४ बालबालिकाको मृत्यु

काठमाडौं,२८ जेठ । दार्चुलाकाे नौगाढ गाउँपालिका-४ मा रहेको गणेशविनायक मावि स्कुलमा शौचालयको सेफ्ट ट्याङ्कको ढक्कन भाँसिदा ४ बालबालिकाको मृत्यु भएको छ । दिउँसो करिब साढे ४ बजेतिर सेफ्ट ट्याङ्कको ढक्कनमाथि खेल्दै गरेका साेही गाउँपालिकाकाे १० वर्षीय अनुस्का धामी, ८ वर्षीय सुदिश धामी, ५ वर्षीय युनिका धामी र ७ वर्षीय निरुता ठगुन्नाको मृत्यु भएको हो ।

सेफ्ट ट्याङ्कको ढक्कनमाथि माटो राखेर मैदान बनाएकाे थियाे । साेही मैदानमा खेल्दै गरेका ती बालबालिकाको ढक्कन भाँसिदा सेफ्ट ट्याङ्कमा परी मृत्यु भएको स्थानीय प्रतापसिंह ठगुन्नाले बताए ।
ढक्कनमाथि राखिएको माटोसहित बालबालिका करिब १० मिटर तल खसेकाे थियाे । ट्याङ्कीमा खसेर मृत्यु भएकाे बालबालिकाकाे उद्धार गर्न तीन घण्टा लागेको प्रहरी चौकी सिप्टीका इन्चार्ज देवदत्त भट्टले जानकारी दिए । ‘माटोसहित बालबालिका ट्याङ्कीमा परेकाे र वर्षा भएकाले बेलुका मात्रै ट्याङ्कीबाट लाश निकालेर सनाखत गर्न सकियो,’ प्रहरीले जानकारी दिएकाे हाे ।

घटनाको खबर सुन्ने बित्तिकै गोकुलेश्वर इलाका प्रहरी चौकीबाट प्रहरी निरीक्षक सुरजबहादुर खड्काको टोली घटना स्थल पुगेको थियो । यसैगरी वडा अध्यक्ष नन्दनसिह धामी स्थानीय र प्रहरीसँगै उद्धारमा खटिएका थिए ।

शोकाकूल सिप्टी

दिउँसो घटना भएलगत्तै विद्यालय परिसरमा जम्मा भएका स्थानीयले कति बालबालिका ट्याङ्कीमा परे भन्ने छुट्याउन सकेनन् । स्थानीयहरु आफ्ना बालबालिका घरमा छन् कि छैनन् खोज्नतिर लागे ।

विद्यालयको निर्माणाधीन भवनको उपभोक्ता समिति अध्यक्ष रहेका कृष्णसिंह धामीकी कक्षा २ मा पढ्ने १० वर्षीय छोरी अनुस्का र उनका ४ जना साथीहरु खेलिरहेको स्थानीयले बताएका थिए । अनुस्कासहित सबै बालबालिको लाश पहिचान भएपछि गाउँ नै शोकमा डुबेको छ ।

‘विद्यालय जान लागेका बालबालिका खेल्दाखेल्दै विद्यालय परिषरमै मृत्यु भयो, बच्चाहरूकाे मृत्यु सपना जस्तै भएको छ,’ स्थानीय जयमति धामीले भनिन् ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार