Presidential

स्काभेटरले अटो रिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु, पाँच घाइते


स्काभेटरले अटो रिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु, पाँच घाइते

कञ्चनपुर, ३१ जेठ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको बनगाउँमा केही बेरअघि से १ क ७३३ नम्बरको स्काभेटरले म १ ह ७६३ नम्बरको तीन पांग्रे अटोलाई ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्तकहरुको शव र अटो कुचिएको अवस्थामा रहेकाले सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अटोमा सवार अन्य घाइतेलाई महाकाली अञ्चल अस्पताल पुगाइएको प्रहरीले जनाएको छ ।त्यसगैरी अटोमा सवार पाँच घाइते भएका छन् । घाइतेको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा उपचार हँुदैछ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले मृतकको उद्धार भइरहेको बताउँदै पहिचान हुननसकेको जानकारी दिनुभयो । उहाँले घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताउनुभयो ।
दुर्घटनामा घाइते भएका भीमदत्तनगरपालिका–१० का १८ वर्षीया जगदीश पार्की, बैतडी देहीमाडौँका ३२ वर्षीया लक्ष्मी बोहरा, उहाँका तीन वर्षीया छोरा निशान्त बोहरा, भीमदत्तनगरपालिका–११ का २६ वर्षीय प्रेम थापा र बेल्डाँडी गाउँपालिका–७ का २६ वर्षीय सन्तोष लुहार रहेको छन् । जेसिबी चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार