Presidential

हल्का टिप्पणी, भारत–निर्भरता र अबको बाटो

दीपकुमार उपाध्याय

हल्का टिप्पणी, भारत–निर्भरता र अबको बाटो

बोली र व्यवहारमा दोहोरो चरित्र हुनुहुँदैन भन्ने मेरो मान्यता छ । वास्तवमा भारत र नेपालको सम्बन्ध यति जेलिएको छ, त्यसलाई हामीले स्वीकार गर्नुपर्दछ ।

अहिले ८२ वटा मुलुकले दिल्लीबाट नेपाललाई हेर्छन् । यो क्रम बढ्दो छ । हामीले प्रवेषाज्ञा (भिसा) को प्रक्रियाका लागि पनि अब दिल्ली जानुपर्ने अवस्था आउँदैछ । यी सबै कुराका आधारमा भारतको ‘वेटेज’लाई हेर्ने हो भने हामीले नेपालको परराष्ट्र नीतिमा ६० प्रतिशतभन्दा बढी उसको भर पर्नुपर्ने हुन सक्छ ।

अहिलेसम्म हामी पेट्रोलियम पदार्थमा शतप्रतिशत नै भारतमा निर्भर छौँ । अन्य व्यापारमा पनि १५ वर्षअघि नै ६५ प्रतिशत भर पथ्र्यौं भने अहिले ७० प्रतिशत भर पर्नुपरेको छ । किन त्यसो भयो भन्दा त्यो सहज छ, सरल छ । व्यापार भन्नासाथ जहाँ सहुलियत मूल्य हुन्छ र ३ सय ५६ दिन नै सरल आपूर्ति सम्भव हुन्छ, त्यहीँ हुने हो । त्यस्ता कुराहरुमा पनि हामी कतिपय अवस्थामा ‘कन्फ्युजन’मा परेको अवस्था आयो ।

ठीक छ, पहिलो संविधानसभा त हामीले सबैको सहमतिमा अवसानमा पु¥यायौं । त्यो किन र कसरी भयो भन्ने कुरा ‘रिसर्च’को विषय हो । दोस्रो संविधानसभाको अवधि बाँकी हुँदाहुँदै एउटा यस्तो विचार आयो– अहिले संविधान जारी भएर भने कहिल्यै हुँदैन । त्यो कतिसम्म जायज र सत्य थियो ? त्यसको पनि विद्वान्हरुले मूल्याङ्कन गर्नुपर्छ ।

राजदूतको भूमिका त खाली सल्लाह दिने मात्र हो । मैले त्यहाँको सरकार र नेताहरुसँग यही मिसनका साथ काम गरेँ । आफूमाथि अविश्वास गर्दा भोली जोखिम बढी हुन सक्दछ । मधेस वा अरु आन्दोलनका नाममा अनपेक्षित रुपमा व्यापक जनधनको क्षति हुन पुग्यो । सबैभन्दा बढी सोझा नेपाली जनताले दुःख पाए । म दिल्लीमा रहँदा अत्यन्त दुःख लागेको विषय पनि यही थियो । मैले त्यहाँ पनि भनेँ, ‘सामान रोकेको छु भनेर रोक्नूस्, केही छैन । राजनीतिमा हुन्छ । कहिलेकाँही लडाइँ पनि हुन्छ । तर, रोकेको छैन भनेर सामान जनताले नपाउने ? हामी त भू–परिवेष्ठित देश हौँ । भू–परिवेष्ठित देशको आफ्नै किसिमका संवेदनशीलता हुन्छ । नेपाल कहिल्यै पनि पराधीन नभएको आफ्नै स्वाभिमान छ, गौरवगाथा छ । त्यसलाई बुझेर कि रोक्ने भनेर रोक्नूस्, त्यसको विकल्प खोजौंला । तपाईंहरुले रोकेका छैनौँ भनेर रोक्दा चाहिँ अप्ठेरो भयो । वीरगञ्ज नाकामा केही समस्या होला तर अरु २० औं नाका तपाईंहरुले रोक्नुभएको छ ।’
म त सामान्य राजनीतिक मान्छे हुँ । मैले यहाँसम्म भनेँ, ‘मैले त्यहाँ गएर यही भन्नुपर्ने हुन्छ, मैले सकिनँ, परमेश्वरको पनि यस्तै नियत रहेछ, जनताले दुःख पाए । नभए मेरो नैतिकताले पनि बस्न मिल्दैन ।’

हाम्रो देशको जनसंख्याभन्दा बढी नेपाली मूलका नेपालीभाषी भारतीय नागरिक छन्, भारतमा बस्छन् । १ लाख ३६ हजार भन्दा पनि बढी नेपालीले भारतीय सेनाबाट पेन्सन खान्छन् । ३६ हजार नेपाली त अहिले पनि भारतीय सेनामै छन् । झण्डै ४० देखि ७० लाख नेपाली विभिन्न पेसा गरेर भारतमै बसेका छन् ।

मेरो राजनीतिक तहमा पनि कुरा हुन्थ्यो । अरु नाकाहरुबाट पठाउने कुरामा केही सहजता आयो । हाम्रा सम्बन्धहरु एक–दुई दिनमा सप्रिने पनि होइनन्, एक–दुई दिनमा बिग्रिने पनि होइनन् । राजनीति र कुटनीतिमा समय लाग्छ । हामीले अत्यन्त संवेदनशील भएर शान्त कुटनीतिक र राजनीतिक माध्यमबाट अहिले प्राप्त अवसरहरुलाई सदुपयोग गर्ने हिसाबबाट उपयोग गर्न सकेनौँ भने फेरि हामी तनावमा पर्न सक्छौं ।

अहिले भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री भइसकेपछि भारत र चीनका बीचमा अत्यन्त सुमधुर सम्बन्ध छ । अहिले सारा विश्व चीनप्रति आकर्षित छ । त्यसमा हामीले जहिले पनि एउटा कुरा हृदयंगम गर्नुपर्दछः नेपाल र भारतबीच पुरानो सम्बन्ध छ ।

हाम्रो देशको जनसंख्याभन्दा बढी नेपाली मूलका नेपालीभाषी भारतीय नागरिक छन्, भारतमा बस्छन् । १ लाख ३६ हजार भन्दा पनि बढी नेपालीले भारतीय सेनाबाट पेन्सन खान्छन् । ३६ हजार नेपाली त अहिले पनि भारतीय सेनामै छन् । झण्डै ४० देखि ७० लाख नेपाली विभिन्न पेसा गरेर भारतमै बसेका छन् ।

यसले के देखाँउछ भने हाम्रो सम्बन्ध परापूर्व कालदेखिको हो । हामी खुला सिमानामा छौं । एउटा व्यक्तिले हाम्रो सम्बन्ध बनाउने वा बिगार्ने भन्दा पनि दुई देशको इतिहास छ ।

भूकम्पका बेलामा गरेको सहयोगका लागि मुक्तकण्ठले भारतको प्रशंसा गर्नुपर्दछ । चाहे सरकारी होस् अथवा जनस्तरबाट, सम्पूर्ण भारतीय जनताको नेपालप्रतिको जुन सद्भाव छ, त्यो मुटु र मनभित्रदेखिको सम्बन्धको कुरा मैले प्रस्ट अनुभव गरें । सबै जनाले नेपालले यो विपद्बाट उत्रिनु पर्दछ, हामीले के सहयोग गर्नुपर्छ, सरकारले जे ग¥यो, आफ्नो ठाउँमा गरेको छ, अरु जनस्तरबाट के गर्न पर्दछ, हामी तयार छौं भनेको पाएँ ।

पछि संविधानसभाबाट संविधान जारी भएपछि अलिकति असमझदारी देखियो । १२ बुँदे सहमति, शान्ति प्रक्रियालगायतका विषयमा चाहिँ हामी जानेर वा नजानेर अनुकुलमा रमाउने र प्रशंसा गर्ने अनि अलिकति प्रतिकूल भयो भने चाहिनेभन्दा बढी, मर्यादा विपरीत विरोधमा जाने ? त्यो प्रवृत्तिले गर्दा पनि अलिकति समस्याहरु आए ।

निश्चित हो, प्रधानमन्त्री मोदीले नेपाल–भारत सम्बन्धमा प्रशासनिक तहबाट झण्डै १७ वर्षदेखि स्थापित सम्वन्धलाई राजनीतिक तहबाट ‘ब्रेक थ्रु’ गरेकै हो । दुई–दुई पटक नेपाल भ्रमण, त्यसपछि परराष्ट्रमन्त्रीको भ्रमणले त्यही कुराका आधारमा अहिले पनि कुनै बैठक काठमाडौंमा त कुनै बैठक दिल्लीमा दिनहुँजसो भइरहेका छन् ।

यस कुरामा हामी पूर्ण सकारात्मक भएर नेपाल र भारतको सम्बन्ध एउटा व्यक्ति वा पार्टीको होइन, दुईवटा देशको सम्बन्ध, दुई देशका जनताका सम्वन्धलाई अझ प्रगाढ बनाउने कुरा दुबै देशको हितमा छ । त्यसको विकल्प छैन ।
मैले भारतमा तल्लो तहमा मैले नेपाल त चीनतिर फर्कियो रे भनेको सुनें । तर, उच्च तहमा यस्तो छैन । सार्वभौम देश हो, आफ्नो विषयमा आफैँ निर्णय गर्ने अधिकार नेपाललाई छ ।

हामीले यदि राजनीतिमा कुनै कुराको प्रतिबद्धता गर्छौं भने त्यसको केही न केही ‘इन्फेक्सन’ त बेहोर्नुपर्छ । नेपालले सबैभन्दा पहिले परराष्ट्र नीति बनाउनुप-यो । सरकारलाई पनि भन्नुप-यो, तपाईं–हामी सबै लाग्नुप-यो । त्यो नीतिमा सबै जना बाँधिनुप-यो ।

भोली जो प्रधानमन्त्री, पराराष्ट्रमन्त्री भए पनि अब व्यक्तिले बोल्ने होइन, त्यो नीतिले त्यसलाई ‘गाइड’ गर्न सक्नुप-यो । सबैभन्दा माथिबाट स्व–अनुशासनमा सबैजना बस्यौं भने सबै कुरा मिल्दै जान्छ । भारतमा त बेलायतले बनाएको प्रणाली छ । परराष्ट्र तहमा जति ‘वान टु वान’ भेटघाट भने पनि एकजना मान्छे रेकर्ड गर्न बस्छ, बस्छ । हाम्रो चाँहि त्यो अब दुर्भाग्य नै भन्नुपर्छ, हामीले त्यो ‘वान टु वान’को कुरा चाहिँ उनीहरुको मुखबाट सुन्छौं । हामी हाम्रो कुटनीतिक तहमा कमजोर हुँदै गएर आजको स्थितिमा पुगेका छौं । संविधानसभाबाट संविधान जारी गरिसकेपछि हामी सबैको सधैंभरि सोच एउटा के थियो भने हामी अनन्त संक्रमणमा छौं । संविधानसभाले संविधान जारी गरेपछि हाम्रो दिगो शान्ति, राजनीतिक स्थिरता र आर्थिक समृद्धिको बाटोमा अघि बढ्छ ।

नेपाल प्रकृतिको सुन्दर बरदान देश हो, प्रकृतिले दिएका सामथ्र्य हामीसँग प्रशस्त छन् । तर पनि, नेपालीहरुले विश्वभरिमा जहाँ–जहाँ छरिएर रहेका छन्, राम्रै गरेका छन् ।

पहिलो संविधानसभा अनेक्षित रुपमा अवसानमा पुग्यो । अहिले संविधानसभाले संविधान जारी गरेपछि अब सबै ऐन–कानुनहरु बनाएर निर्वाचन सम्पन्न गर्न सकेनौं भने फेरि हामी कुन झमेलामा कहाँ फस्ने हौं ? यदि दोस्रो संविधानसभाको निर्वाचन हुन नसकेको भए आज स्थिति के हुन्थ्यो ?

जसरी मित्रराष्ट्र भारतले यहाँ ‘इन्डियन को–अपरेसन’ अन्तर्गत झण्डै ५ अर्बको आर्थिक कार्यक्रम सञ्चालन गरिरहेको छ, चीनले त्यस्तै कार्यक्रम सुरु गरेको झण्डै १०–११ वर्ष भएछ र यो ४७ वटा मुलुकमा लागू भइरहेको रहेछ । बल्ल पोहोर सालबाट हामीले टोकनका रुपमा अलि–अलि प्राप्त गर्दैछौं ।

अब हामी यस्ता कुराहरुमा धेरै अल्मलिने कुरा छैन । आज नेपालको लागि सौभाग्य हो– आज मित्रराष्ट्र चीनको सदासर्वदा नेपालप्रति कुनै खालको स्वार्थ र हस्तक्षेप छैन । अहिले आएर केही चासो बढेको भने अवश्य हो ।
मैले अहिले सुन्दा अचम्म लाग्यो, जसरी मित्रराष्ट्र भारतले यहाँ ‘इन्डियन को–अपरेसन’ अन्तर्गत झण्डै ५ अर्बको आर्थिक कार्यक्रम सञ्चालन गरिरहेको छ, चीनले त्यस्तै कार्यक्रम सुरु गरेको झण्डै १०–११ वर्ष भएछ र यो ४७ वटा मुलुकमा लागू भइरहेको रहेछ । बल्ल पोहोर सालबाट हामीले टोकनका रुपमा अलि–अलि प्राप्त गर्दैछौं ।

चीनका मित्रहरुले भनेका छन्– ‘हामी भूगोल परिवर्तन गर्न सक्दैनौं । जहाँसम्म आर्थिक समृद्धिको कुरा छ, त्यसमा भारतसँग तपाईंहरुले आफ्नो सम्बन्ध सुमधुर बनाएर दक्षिण, पश्चिम र पूर्वमा आफ्नो कौशल देखाउनूस्, सम्बन्ध बनाउनूस्, सहुलियत मूल्य र सधैं सहज आपूर्तिको ग्यारेन्टी गर्नूस् । उत्तरपट्टि हेर्नुहुन्छ भने हामीले मुश्किलले रेल त दौंडाएका छौं, धेरै उचाइँबाट दौडाउन धेरै कष्ट छ । नेपालसम्म रेल त ल्याँउला तर ल्याउन अझै कति वर्ष लाग्ला ? रेल आइसकेपछिको सुविधा त पक्कै हुन्छ तर तत्कालै यो सम्भव छैन ।’

दिल्लीमा मलाई अलि–अलि गाह्रो त भयो नै । यो हामी सबैलाई थाहा भएकै कुरा हो । चीनबाट एक तिहाई आपूर्ति तुरुन्तै हुन थाल्यो भन्ने खालका कुराहरु भए । मैले ‘नेपाल सरकारले निर्णय नगरुन्जेल र मैले नबोलुन्जेल यसो भन्ने तपाईंहरुको तरिका ठीक भएन’ भनेँ ।

प्रधानमन्त्री मोदीको मित्रराष्ट्र चीनसँग अहिलेदेखिको मात्र होइन, मुख्यमन्त्री हुँदादेखिकै सम्बन्ध हो । हामीले एकतर्फी गाली–गलौज गरेर र अमर्यादित शब्दहरु प्रयोग गरेर केही हुनेवाला छैन ।

भारतमा मैले दोहोरो लडाइँ लड्नुप-यो । एउटा लडाइँ भारतमा, अर्को नेपालमा ।

भारतको इतिहासमा पहिलो पटक राज्यसभामा, संसदीय समितिमा भएका छलफलहरुमा उहाँले जीवन्त छलफल गर्नुभएको छ । त्यो छलफलले पनि हामीलाई सहयोग पु¥यायो । नेपालप्रति भयभीत जुन अवस्था भारतभित्र छ, त्यसले पनि काम ग-यो । अघोषित नाकाबन्दी जसरी आयो, त्यसैगरी गयो पनि । अहिले सम्बन्ध सुमधुर छ । अत्यन्त कुशलतापूर्वक हामीले भावी आर्थिक समृद्धीको बाटो तय गर्नुपर्दछ । यसमा मित्र राष्ट्र चीन सरकारको ठूलो भूमिका छ । मैले राजनीतिक मान्छे भएकाले आफ्नो तर्फबाट पहुँच बढाएर धेरै पहल गरेँ ।

मसँग अहिले छाड्ने अरु कुनै पद थिएन । जानुभन्दा अगाडि नेपाली कांग्रेसका सबै पदहरुबाट राजीनामा दिएर गएको हुँ । मेरो सामाजिक–राजनीतिक जीवनको जुन इतिहास छ, त्यसबाट सन्यास लिन्छु भनेर मैले विनम्रतापूर्वक भनेको छु ।

नेपालको नीति बनाउनुपर्छ, रणनीतिक योजना बनाउनुपर्छ । जे भएन भएन, अहिले ठूलो अवसर छ । परराष्ट्र नीति भनेको नेपालका सबै ठूला पार्टीहरुको समेत सहभागितामा बन्नुपर्छ । अबको हाम्रो कुटनीतिको मार्गचित्र यो हो भनेर बन्नुप¥यो । चीन र भारत दुबै आफ्नो छिमेक नीतिमा नेपाललाई अत्यन्त ‘नियरेस्ट’ र ‘डियरेस्ट’ हिसाबले हेरेका छन् । अझ भारतीय जनता पार्टीले त हामी दुई अलग–अलग सार्वभौम राष्ट्र भए पनि हाम्रा धर्म, संस्कृति, रितीरिवाज र परम्पराले गर्दा हामी एक परिवारजस्तै छौं, हाम्रो डिएनए एउटै छ, यत्रो सामाजिक सम्वन्ध छ भनिरहेको छ ।

पछिल्लो अवस्थामा राष्ट्रपतिज्यूको भ्रमण स्थगित भयो । सुरु–सुरुमा त धेरै आरोप लगाएर पनि कुराहरु आए । म अलि सकारात्मक सोचको मान्छे छु । मैले त्यसलाई सरल रुपमा लिएँ । राष्ट्रपतिको भ्रमण स्थगित हुनु हुँदैनथ्यो, यो अपरिपक्वता हो । तर, निर्णय गर्ने त आखिर सरकारले नै हो । मैले अन्तिम समयसम्म हाम्रो पहलमा गरेको भ्रमणको तयारी स्थगन गर्नु राम्रो हुँदैन भनेँ । तर, सरकारले नमानेपछि त्यो कुरा सिध्दियो ।

मेरो फिर्ताको कुरालाई पनि मैले स्वाभाविक रुपमा लिएको छु । यो राजनीतिक निर्णय हो, सरकारको ‘प्रिभिलेज’को कुरा हो । यसमा मलाई भन्नु केही छैन । तर, जुन आरोपका हल्लाहरु चले, ती निराधार हुन् ।

मसँग अहिले छाड्ने अरु कुनै पद थिएन । जानुभन्दा अगाडि नेपाली कांग्रेसका सबै पदहरुबाट राजीनामा दिएर गएको हुँ । मेरो सामाजिक–राजनीतिक जीवनको जुन इतिहास छ, त्यसबाट सन्यास लिन्छु भनेर मैले विनम्रतापूर्वक भनेको छु । तर, त्यो कुरा विस्तारै सेलायो । त्यसमा मलाई खुसी लागेको छ । सरकारले मैलेभन्दा राम्रो काम गर्ने मान्छे खोज्छु भन्न पाउँछ ।

(विश्व सम्वन्ध परिषद्द्वारा आयोजित अन्तरक्रियामा व्यक्त मन्तव्यमा आधारित )

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार