Presidential

हावाहुरीका कारण नेपालगन्ज उडेको बुद्धको जहाज भैरहवा डाइभर्ट


हावाहुरीका कारण नेपालगन्ज उडेको बुद्धको जहाज भैरहवा डाइभर्ट

काठमाडौं,२९ जेठ । काठमाडौंबाट नेपालगन्ज उडेको बुद्ध एयरको जहाज हावाहुरीका कारण नेपालगन्ज विमानस्थलमा अवतरण गर्न नसकेपछि भैरहवा डाइभर्ट भएको छ । बुधबार बिहान आएको हावाहुरीले जहाज अवतरण गर्न नपाएपछि आन्तरिक उडान प्रभावित भएका छन् ।

हावाहुरीका कारण करिब आधा घण्टा विमानस्थल पूर्णरुपमा बन्द भएको नेपालगन्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले बताए । अहिले भने अवस्था सामान्य भएर विमान उडिरहेका छन् ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार