Presidential

हुम्ला जीप दुर्घटना : बेपत्ताको उद्धारमा कठिनाई


हुम्ला जीप दुर्घटना :  बेपत्ताको उद्धारमा कठिनाई

हुम्ला, ३ असार । खार्पुनाथ गाउँपालिका–५ बेणुबिसौना र कैलेबालु भन्ने स्थानको सडकबाट लु१ज ७१६६ नम्बरको महेन्द्र पिकअप गाडी कर्णाली नदीमा खसेर बेपत्ता हुनेको सङ्ख्या १० पुगेको छ ।

खार्पुनाथ –५ मा पर्ने बेणुबिसौना र कैलेबालु भन्ने ठाउँबाट आज अपराह्न गाडी दुर्घटना भएको हो । बेपत्ता हुनेमा १० जना पुगेको घटनास्थल रहेका खार्पुनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रवीर शाहीका अनुसार दुर्घटनामा परी बेपत्ता हुनेमा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्दु शाही हमाल, उहाँका भाइ चन्द्र हमाल, गाडीका चालक मणि शाही, ढुक्कु भण्डारी नामले चिन्ने नैनसिंह भण्डारी, वसन्ती शाही, नन्ददेवी सिंह रहेको प्रमाणित भएको छ ।

यसैगरी खार्पुनाथ गाउँपालिका–१ काकौर कामी र उहाँको दुई वर्षको बालकसमेत बेपत्ता भएका छन् । दुर्घटनामा गाडीको वल्डिङ गर्न गएका एक जना मिस्त्रीसमेत परेका छन् तर उहाँको परिचय खुल्न सकेको छैन ।

लु१ज ७१६६ नंको जीप खार्पुनाथ गाउँपालिका बेडुबिसौना र कैलेवालुको खण्डमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । प्रहरीका अनुसार जीप कर्णाली नदीमा बेपत्ता भएको छ । अहिले बाहिरको मौसम ५ डिग्री सेल्सियस छ, नदीको पानी पनि अत्यधिक चिसो छ प्रमुख ढाकालले भने, सेनाको लामो प्रयासले पनि बेपत्ता मानिस र जीप भेटाउन सकेन, आफै विरामी हुने स्थिति आएपछि सेनाको टोली नदिबाट निस्केको छ ।’

सेनाले गोटाखोर लिएर गएपनि बेपत्ता जिप र मानिसलाई भेटाउन नसकेको उहाँको भनाइ छ । सेनाको टोलीले नसकेपछि अन्य सुरक्षाकर्मीलाई नदीको आसापासमा हेर्न लगाइएको प्रमुख ढकालले जानकारी दिनुभयो ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार