Presidential

हुरी बताससहितको वर्षा हुने, सर्तक रहन मौसम विभागको आग्रह


हुरी बताससहितको वर्षा हुने, सर्तक रहन मौसम विभागको आग्रह

काठमाडौ, ४ वैशाख । आजदेखि पुन मौसममा खराबी आउने भएकाले सर्तक रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।  चट्याङ, गड्याङगुडुङ र असिनासहित वर्षा हुने मौसम विभागले जनाएको हो । पश्चिमी वायुको सक्रियता बुधवारदेखि बढ्ने भएकाले यसको असर देशैभरि पर्नेछ । इरान, पाकिस्तान, भारत हुँदै सोमबार पश्चिम क्षेत्रबाट पश्चिमी वायु नेपाल छिरेको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशै भरी सामान्य देखि पूर्णबदली रही पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका केही स्थानहरुमा चट्टयाङ तथा हुरी बताससहित हल्कादेखि मध्यम वर्षा र असिना पानीको सम्भावना रहेको छ ।
देशको तराईका स्थानहरुमा हुरी बतासको सम्भावना रहेको तथा उच्च पहाडी तथा हिमाली भूभागहरुमा हिमपातको सम्भावना रहेको जनाइएको छ ।
भोलि बिहीबार पनि वर्षाको सम्भावना रहेको र त्यसैगरी शुक्रबार पनि अधिकांश भूभागमा मौसम बदली हुने महाशाखाले जनाएको छ ।
यसैगरि भारतको राजस्थानमा आँधी र तुफानका कारण ९ जनाको मृत्यु भएको छ । मंगलबार साँझ आएको सो आँधीबाट ३० जना घाइते भएका छन् । मंगलबार साँझ राजस्थानमा ६० किमी प्रतिघण्टाको रफतारमा आँधी आएको न्यूज १८ इण्डिया अनलाइनले मौसमविद्हरुलाई उद्धृत गर्दै जनाएको छ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार