काठमाडौं, ७ भदौं । संघीय संसद्का समिति सभापतिका लागि खरिद गरिएका गाडी एक महिनामै स्टार्ट नहुने हालतमा पुगेका छन् । ११ समिति सभापतिले ८ साउनमा पाएका गाडी सजिलै स्टार्ट नहुने, बढी कराउने, झ्याल नलाग्ने भएको चालक र समिति सभापतिहरूकै गुनासो छ ।
विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘टेक्निकल’ समस्या आफूलाई थाहा नहुने भए पनि चालकले गाडीमा समस्या देखिएको गुनासो गर्ने गरेको बताए । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पूर्णाकुमारी सुवेदीले पनि चालकले गाडीमा समस्या रहेको बताउने गरेको बताइन् । एक समिति सभापतिका चालकले नयाँ गाडी भए पनि थोत्रो गाडीको जस्तो आवाज आउने र स्टार्टमा पनि समस्या रहेको बताए ।
संसद् सचिवालयले संसदीय समितिका सभापतिका लागि ११ वटा स्कार्पियो गाडी महिन्द्राको नेपालस्थित अधिकृत विक्रेता अग्नि इन्कर्पाेरेट प्रालिसँग खरिद गरेको थियो । राज्य व्यवस्था तथा सुशासन समिति सभापति शशी श्रेष्ठ, प्रत्यायोजित व्यवस्थापन समिति सभापति रामनारायण बिडारी, महिला तथा सामाजिक समिति सभापति निरुदेवी पाल, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समिति सभापति नीरादेवी जैरू र राष्ट्रिय सरोकार समिति सभापति दिलकुमारी रावल थापाले ८ साउनमा गाडी पाएका थिए ।
त्यस्तै, अर्थ समिति सभापति कृष्णप्रसाद दाहाल, कानुन, न्याय तथा मानवअधिकार समिति सभापति कृष्णभक्त पोखरेल, अन्तर्राष्ट्रिय सम्बन्ध समिति सभापति पवित्रा निरौला, संसदीय सुनुवाइ समिति सभापति लक्ष्मणलाल कर्ण, विधायन व्यवस्थापन समिति सभापति परशुराम मेघी गुरुङ र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पूर्णाकुमारी सुवेदीलाई नयाँ गाडी दिइएको थियो । अन्य पाँच समिति सभापतिले भने वैशाखमै नयाँ गाडी पाएका थिए ।
पाँच सदस्यीय छानबिन समिति
एक महिनामै गाडी बिग्रिन थालेपछि स्टक गाडी खरिद गरिएको हुन सक्ने भन्दै छानबिन सुरु भएको छ । प्रत्यायोजित व्यवस्थापन समितिका सभापति रामनारायण बिडारीको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समितिले सोमबार पहिलो बैठक बसेर छानबिन प्रक्रिया सुरु गरेको हो । समितिले गाडी किन्दाका सम्पूर्ण फाइल संघीय संसद्बाट मगाएको छ ।
खरिद अनुगमन कार्यालयका पदाधिकारी र विज्ञ इन्जिनियरसँग पनि समितिले छलफल गर्ने भएको छ । गाडीमा देखिएको समस्याबारे इन्जिनियर टोलीले पत्ता लगाउने समिति संयोजक बिडारीले बताए । छानबिन समितिमा मानवअधिकार तथा कानुन समिति सभापति कृष्णभक्त पोखरेल, अर्थ समिति सभापति कृष्णप्रसाद दाहाल, लेखा समिति सभापति भरत शाह र दिगो विकास तथा सुशासन समिति सभापति तारादेवी भट्ट सदस्य छन् । नयाँ पत्रिका दैनिकबाट
सिन्धुली, २२ मंसिर । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सिन्धुली जिल्ला सेक्रेटरी पक्राउ परेका छन् ।..
बाँके, २२ मंसिर । ट्रकको ठक्करबाट बालिकाको ज्यान गएपछि बाँकेको कोहलपुर तानवग्रस्त बनेको छ । आइतबार बिहान कोहलप..
चितवन, २२ मङ्सिर । राप्ती नगरपालिका–५ मा शनिबार साँझ भएको अटो दुर्घटनामा परी ज्यान गुमाउने पाँचै जनाको सनाखत ..
काठमाडौं, २२ मंसिर । १३औँ दक्षिण एसियाली खेलकुद (साग) खेल्न आएका १३ श्रीलंकन खेलाडीलाई डेंगु संक्रमण भएको छ । ..
तपाईं पार्टी अनुशासनमा अत्यन्त सचेत हुनुहुन्छ, सँगसँगै सरकारको कामप्रति पनि उत्तिकै चास..
तीन तह सरकारको अभ्यासमा हामी छौँ, सरकारबीच समन्वय अभाव भयो कि भन्ने टिप्पणी छ । यहाँले ..
० लामो रस्काकस्सीपछि अधिकांश केन्द्रिय सदस्यहरुको जिम्मेवारी तोकिएको छ, कस्तो लागेको छ ..
गोकुल बाँस्कोटा, सञ्चार तथा सूचना प्रविधिमन्त्री विगतमा तपाईंं आफैँ पत्रकार हुनु..
हामी बाह्रौ गणतन्त्र दिवसको उत्सवमा छौं । गणतन्त्र प्राप्तिका लागि नेपाली नागरिक र प्रे..
सिन्धुली, २२ मंसिर । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सिन्धुली जिल्ला सेक्र..
बाँके, २२ मंसिर । ट्रकको ठक्करबाट बालिकाको ज्यान गएपछि बाँकेको कोहलपुर तानवग्रस्त बनेको..
काठमाडौं, २२ मंसिर । नेपालमा जारी १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को आज (..
चितवन, २२ मङ्सिर । राप्ती नगरपालिका–५ मा शनिबार साँझ भएको अटो दुर्घटनामा परी ज्यान गुम..
काठमाडौं, २२ मंसिर । काठमाडौं उपत्यकामा घर भएका तथा उपत्यकाभित्र र बाहिर स्थानीय तहका क..