Presidential

१७ महिना पुरानो तस्बिर तान्दै, अञ्जु पन्तले बाइबल बाँडेको भ्रामक हल्ला चलाउँदै

–पहिलो न्यूज

१७ महिना पुरानो तस्बिर तान्दै, अञ्जु पन्तले बाइबल बाँडेको भ्रामक हल्ला चलाउँदै

काठमाडौं । चर्चिक गायिक अञ्जु पन्त क्रिश्चियन हुन् । यसमा दुविधा छैन । अञ्जु पन्तलाई संविधानले दिएको अधिकार हो, यो ।

किनभने, नेपालको संविधानले कुनै पनि व्यक्तिलाई रोजेको धर्म मान्ने अधिकार दिएको छ । अञ्जु पन्तले मन परेको धर्म मानिन् । यो उनको अधिकार हो ।

अनि, आफूले मन परेको धर्मबारे बोल्नु पनि फरक कुरा भएन । फरक यति हो, करकाप गरी धर्म परिवर्तन गराउन पाइदैन । तर, गायिक पन्तलाई बारम्बार क्रिश्चियनसँग जोडेर विवादमा ल्याउने प्रयास भइरहेकै छ ।

त्यसैको पछिल्लो उदाहरण हो, बारा हावा हुण्डरी प्रकरणमा अञ्जु पन्तसँग जोडेर गरिएको भ्रामक हल्ला । समाजका प्रतिष्ठित व्यक्तिहरुले नै सामाजिक सञ्जालमा अञ्जु पन्तले बारा पुगेर बाइबल बाँडेको हल्ला भनेर आलोचना गरिएको छ ।

तर, तथ्य त्यस्तो देखिदैन । जुन तस्बिर सामाजिक सञ्जालमा राखेर बाइवल बाँडियो भनिएको छ । त्यो तस्बिर अञ्जु पन्तले १७ महिना अघि अर्थात् २०१८ डिसेम्बर ५ मा पोष्ट गरेर लामै विवरण लेखेकी छन् ।

कसले, किन र कुन प्रयोजनका लागि यस्तो भ्रामक काम गरे ? त्यो त सरोकारवाला निकायकै खोजीको विषय र अञ्जु पन्तले कस्तो कदम चाल्छन् भन्नेमै भर पर्छ । तर, यसले आशंका जन्माएको छ– जसले अञ्जु पन्तले कानूनबिपरीत धर्म प्रचार गरिन् भन्दै आफैं थाहै नपाई साम्रदायिक भडकाबको कारक बनिरहेका छन् ।

अञ्जु पन्तले २८ जनाको मृत्यु र ६ सय बढी घाइते भएको बारा हुण्डरी प्रकरणमा नगएको बरू पहिले नै राहत बाँडेको प्रमाणित गर्ने केही तस्बिरहरु हेर्नुहोस् ।

21

212

47443260_2135536563177046_1228409536268730368_o

anju panta

ann

final

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार