Presidential

६४ वर्षपछि सगरमाथाको उचाइ पुनः नापिँदै


६४ वर्षपछि सगरमाथाको  उचाइ पुनः नापिँदै

उचाइ नाप्न सगरमाथाको टुप्पोमा जाँदै सरकारी टोली

काठमाडौं, २७ चैत । विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्न सरकारी टोली बुधबार सगरमाथातर्फ जाँदै छ । नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतमको संयोजकत्वमा चारजनाको टोली सगरमाथा क्षेत्रतर्फ जाने उचाइ मापन कार्यक्रमका संयोजक सुशील डंगोलले जानकारी दिए । चारजनामध्ये खिमलाल गौतम र रविन कार्की सगरमाथाको टुप्पोसम्म जानेछन् । गौतमले सन् २०११ मा निजामती कर्मचारी सगरमाथा आरोहण दलको सदस्य भई सगरमाथाको आरोहण गरिसकेका छन् । सुरजसिंह भण्डारी र युवराज धिताल भने सगरमाथा आधार शिविरमै बस्ने संयोजक डंगोलले जानकारी दिए । यसअघि सन् १९५४ मा भारतको नापी विभागको टोलीले सगरमाथाको उचाइ नापेको थियो ।

कति लाग्नेछ समय रु
सगरमाथाको टुप्पोसम्म जाने दुई आरोहीले यो सिजन सुरु भएलगत्तै आरोहण थाल्नेछन् । करिब एक महिना लाग्ने आरोहणबाट उनीहरू फर्केपछि र खुम्बु क्षेत्रको कम्तीमा ८ स्थानमा गरिएको उचाइको मापन प्राप्त भएपछि आधुनिक उपायबाट तथ्यांक अध्ययन गरिने नापी विभागले जनाएको छ । उक्त तथ्यांकको अध्ययन विदेशमा नभई नापी विभागमा नै गरिने संयोजक डंगोलले बताए । उनले भने, ‘सगरमाथाको टुप्पोबाट र विभिन्न ८ स्थानबाट संकलित तथ्यांकलाई एकीकृत रूपमा अध्ययन गरिनेछ, यो अध्ययन हामी नापी विभागमा नै गर्नेछौं ।’

सगरमाथाको उचाइको अन्तिम रिपोर्ट सन् २०१९ को डिसेम्बरसम्म आउने संयोजक डंगोलले जनाए । उनले भने, ‘जतिसक्दो छिटो रिपोर्ट तयार पार्न खोज्छौं, तर यो अलि जटिल प्रकारको अध्ययन हुने भएकाले डिसेम्बर अन्तिमसम्ममा ल्याइसक्नेछौं ।’

कति लाग्नेछ लागत रु
सगरमाथाको उचाइ मापनकै लागि भनेर चालू आर्थिक वर्षमा १५ करोड रुपैयाँ विनियोजन गरिएको छ । अध्ययनको सुरुवात चरणदेखि अन्तिमसम्मको यो रकम पर्याप्त हुने नापी विभागको भनाइ छ । सगरमाथा आरोहण दलका लागि भने ५० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । त्यसैगरी, खुम्बु क्षेत्रको ८ स्थानमा उचाइ मापन प्रक्रियाका लागि भने रकम तोकिएको छैन ।

यस कारण आवश्यक छ उचाइ नाप्न
सन् १९५४ मा भारतीय नापी विभागले सगरमाथाको उचाइ नापेको थियो । त्यसयता सगरमाथाको आधिकारिक उचाइ ८ हजार ८ सय ४८ मिटर रहेको मानिँदै आएको छ । तर, तीन वर्षअघि गएको भूकम्पले सगरमाथाको उचाइ घटाएको भन्ने समाचार अन्तर्राष्ट्रिय रूपमा चर्चामा रह्यो । सोहीकारण पनि सगरमाथाको उचाइ पुनः मापन गर्न आवश्यक भएको हो ।

दोस्रोपटक पनि भारतीय नापी विभागले नै उचाइ मापन गर्न इच्छा देखाएको थियो । तर, नेपालभित्र विश्वको अग्लो शिखरको उचाइ आफैँले नाप्नुपर्ने दबाब आएपछि सरकार आफैँ अघि सरेको हो । सन् १९९९ मेमा अमेरिकन टोलीले जिपिएस प्रणालीबाट सगरमाथाको उचाइ नापेर थप दुई मिटर अग्लो रहेको जनाएको थियो । अहिलेको अध्ययनले सगरमाथाको उचाइबारे देखिएको विवादलाई आधिकारिक रूपमा समाधान गर्ने उचाइ मापन टोलीका संयोजक सुशील डंगोलले जनाए ।

यसरी नापिनेछ उचाइ
सगरमाथाको टुप्पोसम्म पुग्ने दुईजनाले उचाइ नाप्ने विशेष मेसिन जिएनएसएस साथमा लैजानेछन् । ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम ९जिएनएसएस० मेसिनले उचाइको तथ्यांक संकलन गर्नेछ । उनीहरूले संकलन गरेको तथ्यांकलाई उचाइ मापनमा नै प्रयोग हुने आधुनिक प्रणालीबाट परिवर्तन गरिनेछ । सगरमाथा आधार शिविरमा रहने दुईजनाले आरोहणको समन्वय गर्नेछन् ।

त्यसैगरी, सगरमाथा क्षेत्रको कम्तीमा ८ स्थानमा लेबलिङ सर्भेका लागि स्थान छनोट गरी मेसिन राखिनेछ । लेबलिङ सर्भेले समुद्र सतहबाट कति उचाइ छ भन्ने तथ्यांक उपलब्ध गराउँछ । तर, सगरमाथाको उचाइसम्म मापन गर्ने प्रणालीले भने समुद्र सतहदेखिको उचाइ मापन नगरी जमिनको सतहबाट उचाइ मापन गर्ने संयोजक डंगोलले बताए । नयाँपत्रिकाबाट

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार