Presidential

७२ औँ कान्स फिल्म फेस्टिबलमा नेपालले सहभागीता जनाउँदै


७२ औँ कान्स फिल्म फेस्टिबलमा नेपालले सहभागीता जनाउँदै

काठमाडौ, ५ वैशाख । प्रतिष्ठित फिल्म फेस्टिबल कान्समा यसपटक नेपालले पनि सहभागीता जनाउने भएको छ । हरेक वर्ष फ्रान्सको पेरिसमा कान्स फिल्म फेस्टिबलको आयोजना हुने गर्छ । यस वर्ष फिल्म फेस्टिबलको ७२ औं संस्करण फ्रान्समा सुरु भइसकेको छ । अन्तरराष्ट्रिय रुपमा सेलिब्रिटीका लागि सर्वाधिक सफल र चासोको रुपमा हेरिने यो फेस्टिबलमा संसारभरीका सेलिब्रिटीको उपस्थिती रहने गर्छ । यसलाई संसारभरीका सेलिब्रिटीको मेला नै भन्दा फरक नलाग्ला । छिमेकी देश भारतबाट पनि केही अभिनेत्री रेडकार्पेटमा पुगेकै हुन्छन् ।
यसवर्षको कान्स नेपालका लागि पनि विशेष छ किनभने यसपटक नेपाली अभिनेत्री पनि कान्स फिल्म फेस्टिबलको रेड कार्पेटमा आफ्नो जलवा बिछ्याउनेछिन् ।

र ती अभिनेत्री हुन् प्रियंका कार्की । कार्की कान्सका लागि नेपाल ब्रान्ड एम्बेसेडरको रुपमा सेलेक्ट भएकी छिन् ।

यसबारे नायिकाले आफ्नो फेसबुक अकाउन्टमा जानकारी दिएकी छिन् । कान्स फिल्म फेस्टिबल २०१९ मा उनी नेपालको प्रतिनिधित्व गर्दै रेड कार्पेटमा हिँड्ने भएकी छिन् ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार