Presidential

भारतले ‘गोप्य आणविक सहर’ बनाउँदै छः पाकिस्तान


भारतले ‘गोप्य आणविक सहर’ बनाउँदै छः पाकिस्तान

२८ माघ । पाकिस्तानको विदेश मन्त्रालयले बिहीबार सञ्चारमाध्यमसँगको नियमित कुराकानीमा भारतले ‘गोप्य आणविक सहर’ निर्माण गर्न लागेको र त्यहाँ आणविक हतियार भण्डारण गर्न लागेको बताएको छ ।

यसरी बन्ने गोप्य आणविक सहरले एसिया क्षेत्रको सुरक्षा स्थितिमा समस्या उत्पन्न हुने पाकिस्तानको विदेश मामिला अध्ययन गर्ने कार्यालयका प्रवक्ता नफिज जकारियाले बताएका छन् ।

भारतीय प्रतिरक्षा प्रणाली विस्तारबारे चासो व्यक्त गर्दै उनले भने, “भारतले छोटो दूरीमा हान्न सक्ने क्षेप्यास्त्रको एकपछि अर्को गर्दै परीक्षण गरिरहेको र यसले एसियाली मुलुकमा सुरक्षाका हिसाबले रणनीतिक सन्तुलनमा समस्या उत्पन्न हुनेछ ।”

विश्व समुदायले भारतीय यी कदमप्रति ख्याल गर्दै समग्र महादेशको सुरक्षा स्थितिप्रति संवेदनशील बनिदिन पनि उनले आग्रह गरे ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार