Presidential

गौर पुगे माधव नेपालः मधेसी मोर्चा, कांग्रेस र माओवादी परित्याग गरी करिब आठ सय एमाले प्रवेश


गौर पुगे माधव नेपालः मधेसी मोर्चा, कांग्रेस र माओवादी परित्याग गरी करिब आठ सय एमाले प्रवेश

१५ फागनु । नेकपा (एमाले)ले यही फागुन २१ बाट मेची–काली अभियान सञ्चालन गर्ने पूर्वसन्ध्यामा तराई–मधेस केन्द्रित दलहरुले अवरोध गर्ने चर्चा चलिरहेका बेला पाँच सय ७१ जनाले आइतबार रौतहट जिल्लाको गौरमा आयोजित कार्यक्रममा एमाले प्रवेश गरेका छन् ।

मधेस आन्दोलनको धम्की दिइरहेका तराई–मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतोले नेतृत्व गरेको दल सद्भावना, संघीय समाजवादी फोरमलगायत दलका केन्द्रीय र जिल्ला तहकै नेताहरु एमालेमा प्रवेश गरेका हुन् ।

मधेस आन्दोलनपछि गौरमा कार्यक्रम भएको थिएन । तर, आइतबार एमाले वरिष्ठ नेता माधवकुमार नेपालकै प्रमुख आथित्यमा सम्पन्न कार्यक्रमा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेपछि अहिले तराई–मधेसमा एमालेको महोल नै वेग्लै देखिएको छ । रौतहटका एमाले सासंद् रामकुमार भट्टराईले स्वतन्त्र बुद्धिजीवी शम्भु शाह, विद्धु सिंहलगायतका नेता पनि एमले प्रवेश गरेको जानकारी दिए । एमालेले लिएको राष्ट्रियताको नीति सही भएको भन्दै तराई–मधेसमा एमाले प्रवेश गर्नेको लहर चलेको भट्टराईले जानकारी दिए ।

एमालेको मेची–काली अभियानको पूर्वसन्ध्यामा यसरी एमाले प्रवेशको लहर चल्नुलाई एमाले नेताहरुले पनि सकारात्मक भनेका छन् । ‘मधेसी मोर्चाले तराई–मधेसबाट एमालेलाई ढोल पिटेर लखेट्ने चेतावनी मधेसी मार्चाका नेताहरुले दिइरहेका बेला एमाले प्रवेशको लहर चलेको छ,’ एमालेका एक नेताले भने ।nepal

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार