Presidential

सशस्त्रमा भ्रष्टाचार प्रकरणः दुई ठेकेदारले अख्तियारमा के बयान दिए ?

सशस्त्रमा भ्रष्टाचार प्रकरणः दुई ठेकेदारले अख्तियारमा के बयान दिए ?

काठमाडौं– शसस्त्र प्रहरीको रासन ढुवानीमा नक्कली बिल बनाएर करोडौं अनियमितता गरेको आरोपमा निलम्बनमा परेका शसस्त्र प्रहरीका आईजिपी कोषराज वन्तका सहयोगी मानिने दुई ठेकेदारसँग अख्तियारले बयान लिएको छ ।
सदा ज्योती ट्रान्सपोर्टका मालिक उज्वल थपलिया र अदिती ट्रान्सपोर्टका भरत कुमार थापाले शुक्रबार र आईतबार दिनभरी बयान दिएको अख्तियार स्रोतको जनाएको छ ।

थपलिया र थापाले आव ०६९–७० र ०७०–७१ मा खरिद गरिएका समानभन्दा अस्वभाविक बढी सामानहरु ढुवानी गरेको भुट्टा विल तथा पत्रहरु तयार गरी शसस्त्र प्रहरी प्रमुख वन्तसँग मिलेमतो गरेर भ्रष्टाचार गर्न सघाएका थिए ।

गत शुक्रवार र आइतबार अख्तियारमा उपस्थित भएर बयान दिने क्रममा उनिहरुले नक्कली बिल बिजक तयार गरेको स्विकार गरेका छन् । अख्तियारमा दिनभर बयाँन दिँदै उनिहरुले वन्तले भने अनुसारको डकुमेन्ट बनाएको प्रष्टिकरण दिएको अख्तियार स्रोतले जनाएको छ ।

‘उनिहरु कागजी ठेकेदार मात्रै हरेछन्’ अख्तियारका एक कर्मचारीले भने, ‘शसस्त्रका प्रमुखले भनेअनुसारको नक्कली बिल खडा गर्नेमा उनिहरु संलग्न रहेको पाईयो ।’

बयानका क्रममा उनिहरु सक्कली ठेकेदार नभएको बरु अर्काको लाईसेन्सको फोटोकपी प्रयोग गरेर वन्तलाई सहयोग गरेको खुलेको छ ।

अख्तियारले शसस्त्र प्रहरीका प्रमुख वन्तलाई पदबाट निलम्बन गर्दै अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ । सामान ढुवानीमा आर्थिक अनियमीतता गरेको बाहेक वन्तबारे अकुत सम्पती थुपारेको आशंकामा समेत अख्तियारले अनुसन्धान शुरु गरेको छ ।
त्यस्तै सोही प्रकरणमा आज (सोमबार) शसस्त्र प्रहरी हेडक्वार्टर हलचोकमा कार्यरत अकाउनटेण्ट तथा इन्सपेक्टर विन बहादुर थापा र भण्डार शाखाका डिएसी रामकृष्ण महर्जनले बयान दिईरहेका छन् ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार