Presidential

एमालेले स्वीप गर्छ भनेर कांग्रेस–माओवादी चुनावमा जान डराइरहेका छन्ः माधव नेपाल

एमालेले स्वीप गर्छ भनेर कांग्रेस–माओवादी चुनावमा जान डराइरहेका छन्ः माधव नेपाल

२२ फागनु । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले आगामी निर्वाचनमा एमालेले ‘स्वीप’ गर्छ भन्ने डरले निर्वाचन गर्न नचाहेको आरोप लगाएका छन् । एमालेले सुरु गरेको मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा आइतबार इटहरीमा बोल्दै यस्तो आरोप लगाएका हुन् । ‘अहिले धेरैको एमालेको लोकप्रियता देखेर सातोपुत्लो गएको छ,’ उनले भने, ‘एमालेले आगामी निर्वाचनमा ‘स्वीप’ गर्छ भनेर उनीहरु चुनावसँगै डराइरहेका छन् ।’

उनले एमालेलाई व्याण्डबाजा बजाएर लखेट्छु भन्नेहरु नै तराई–मधेसबाट लखेटिने पनि चेतावनी दिए । ‘केही समय अघि सुनसरीकै हरिहरपुरमा मधेसी मोर्चाका साथीहरुले अघिल्लो दिने एमालेलाई व्याण्डबाजा बजाएर लखेट्ने भनेछन्,’ उनले भने, ‘भोलिपल्ट मसहित सहभागी कार्यक्रममा मोर्चाकै साथीहरुलाई व्याण्डबाजा बजाएर एमालेकै साथीहरुले लखेट्नुभयो ।’

नेपालले यो अभियानका क्रममा पनि कसैले एमालेलाई लखेट्ने भन्यो भने आफैँ लखेटिने दाबी गरे । ‘म उहाँहरुलाई लोकतन्त्रको सम्मान गर्न आग्रह गर्छु,’ नेपालले भने, ‘होइन भने जनताले नै टाटाबाईबाई गर्छन् ।’

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले तराई–मधेसका ७ जना सांसद्ले हल्ला गरेकै भरमा संविधान कार्यान्वयन प्रक्रिया अबरुद्ध नहुने दाबी गरे । उनले एमालेलाई तराईबाट ब्याण्डबाजा बजाएर लखेट्ने होइन, बाजा बजाएर स्वागत गर्ने बताए ।
शनिबारबाट सुरु अभियान आज इटहरी आईपुगेको छ ।

173 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार