Presidential

ब्राजिलमा स्वाइन फ्लूको संक्रमणबाट ८ सय ८६ को ज्यान गयो

ब्राजिलमा स्वाइन फ्लूको संक्रमणबाट ८ सय ८६ को ज्यान गयो

५ असार । निकै घातक रोगका रुपमा मानिएको स्वाइन फ्लूको संक्रमणबाट दक्षिण अमेरिकी देश ब्राजिलमा कम्तीमा ८ सय ८६ जनाको ज्यान गएको छ । यो तथ्याङ्क सन् २०१६ को मात्र हो ।

त्यहाँका स्वास्थ्य अधिकारीले त्यस सङ्क्रमणबाट छोटो समयमै धेरै नागरिकको ज्यान गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

ब्राजिलको स्वास्थ्य विभागले प्रकाशन गरेको एक रिपोर्टमा पनि त्यहाँ इन्फ्लुएन्जा ए अर्थात एचवान एनवान भाइरसबाट ती नागरिकको ज्यान गएको उल्लेख छ ।

उक्त प्रतिवेदनका अनुसार ४५८१ जनामा यस सङ्क्रमणको प्रकोप देखिइएको छ । गएको हप्तामात्र त्यहाँ ६०० भन्दा बढी यस प्रकोपका विरामी भर्ना भएका छन् । संक्रमण दर बढ्दै गएकोले सतर्कता अपनाइएको छ ।

0 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार