Presidential

जर्मनीमा ‘एनआरएन जर्मनी कप २०१६’ प्रतियोगिता हुँदै

जर्मनीमा ‘एनआरएन जर्मनी कप २०१६’ प्रतियोगिता हुँदै

५ असार । युरोकप २०१६ फुटवल प्रतियोगिता फ्रान्समा चलिरहेको बेला जर्मनीमा वस्ने नेपालीहरुले एक आपमसमा मिलेर मनोरञ्जन गर्न राष्ट्रव्यापी फुटवल प्रतियोगिताको आयोजना गरेका छन्। फुटवल प्रतियोगिता आगामी जून २५ तारिख शनिबारका दिन हुनेछ ।

एकदिने सो प्रतियोगितको आयोजना गर्न ‘एनआरएन जर्मनी कप २०१६’ को घोषणा गर्दै विभिन्न पुरस्कारहरु राखिएको छ । एनआरएनए जर्मनीले आफ्नो क्षेत्रीय कमिटी एलसीसी हेसेनसँग मिलेर दुवैको संयुक्त आयोजनामा उक्त प्रतियोगिता सम्पन्न गर्दै छ। प्रतियोगितामा अहिलेसम्म जर्मनीका विभिन्न भागबाट दश ओटा टीम दर्ता भैसकेका छन् ।

एनआरएनए जर्मनीका बर्लिन ह्याम्वर्ग, ब्रेमेन निदरज्याक्सन, एनआरडव्ल्यु म्युनिखका एलसिसीहरुको सहयोगमा टीम दर्ता भएका हुन् । त्यसका लागि एनआरएनएका केन्द्रीय र स्थानीय पदाधिकारीहरु सम्मिलित एउटा छुट्टै टीम पनि तयार पारिएको छ ।

एम्पायरको भूमिकामा जर्मनीको राष्ट्रिय खेलहरु सञ्चालन गरिसकेका अनुभवी एम्पायरलाई जिम्मा दिइएको छ । आयोजकले टाढा टाढाबाट आउने खेलाडी र दर्शकहरुलाई वस्नको लागि होटलहरुको समेत व्यवस्था गरेको छ । विजेताहरुलाई दिइने प्रमाणपत्र र मेडलहरु समेत तयार पारिसकेको आयोजकले जानकारी दिएको छ ।

पुरस्कार र मेडेलहरु तयार पर्नका लागि लाग्ने खर्चको लागि जर्मनीमा व्यवसायी र एनआरएनएका पदाधिकारीहरुले प्रायोजन गरेका छन्। प्रयोजकहरुको नाम खेल प्रतियोगिताको दिन प्रकाशित गरिने पनि आयोजकले जानकारी दिएका छन् । प्रयोजनबाट उठेको बाँकी रकम एनआरएनएले च्यारिटीमा खर्च गर्ने छ।

प्रतियोगितामा सहभागी र दर्शकहरु गरी ५०० भन्दा बढी नेपाली र जर्मनीहरुको सहभागिता रहने छ। स्थानीय तहमा एनआरएनएका स्पोर्ट कोर्डिनेटर कुम्भराज रेग्मी र एलसीसी हेसेनका कोर्डिनेटर लोकमणी ढकालका साथै अन्य एलसीसी सदस्यहरुले संयोजन गरिरहेका छन्। एनआरएनएको नेतृत्वमा अहिलेसम्म यस्तो ठूलो खेल प्रतियोगिताको आयोजना पहिलो चोटी गर्न लागेको आयोजकहरुको दाबी छ ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार