Presidential

ओलीका ‘विरोधी’ र ‘अन्धभक्त’का नाममा

किरण पन्त
ओलीका ‘विरोधी’ र ‘अन्धभक्त’का नाममा

अहिले प्रधानमन्त्री केपी ओलीले बोलेका कुरा र सरकारका घोषणाप्रति सामाजिक सञ्जालमा दुई प्रकारका विचार र प्रतिक्रिया देखिन्छन् । एक, प्रधानमन्त्रीले जतिसुकै बोले पनि हुन्छ, सबै सम्भव छ भन्ने अनि विदेशका उदाहरण दिने र दोस्रो, प्रधानमन्त्रीले काम केही नगर्ने, गफ धेरै गर्ने भन्दै ‘हावादारी’को उपमा दिने । यसै सन्दर्भमा सामाजिक सञ्जालका भित्ताहरू ‘आई एम विथ केपी ओलि’ र ‘केपी ओलीइंग मी’ दुईथरीका विचारले रंगिएका छन् ।

२०७२ वैशाख १२ र २९ गते गएको महाभूकम्पले गर्दा देश ठूलो विपत्तिमा फसेको छ । सरकारी आँकडाअनुसार देशका करिब ८ लाख ६४ हजार जनता घरबारविहीन छन् भने करिब १० हजार व्यक्तिको ज्यान गएको छ । यो विपत्तिले गर्दा हाम्रो देशले अर्बौंको आर्थिक क्षति बेहोर्नुका साथै विकास र आर्थिक क्षेत्र नराम्ररी भासिएको छ । महाभूकम्पले मानिसहरूमा परेको मानसिक असरको कुनै लेखाजोखा छैन ।

एक, प्रधानमन्त्रीले जतिसुकै बोले पनि हुन्छ, सबै सम्भव छ भन्ने अनि विदेशका उदाहरण दिने र दोस्रो, प्रधानमन्त्रीले काम केही नगर्ने, गफ धेरै गर्ने भन्दै ‘हावादारी’को उपमा दिने । यसै सन्दर्भमा सामाजिक सञ्जालका भित्ताहरू ‘आई एम विथ केपी ओलि’ र ‘केपी ओलीइंग मी’ दुईथरीका विचारले रंगिएका छन् ।

भूकम्प गएको एक वर्ष बितिसकेको र पुनर्निर्माणको गति शून्यजस्तै छ । भूकम्पलगत्तै सक्रिय–सहयोगी हातहरू, मन–मस्तिष्क र तातेका ती चन्दा उठाउने हातहरू अहिले सामाजिक सञ्जालमा जसरी चलेका छन्, त्यो देख्दा हाम्रो सोचप्रति साँच्चै अचम्म लाग्छ । के एक वर्षमा हामीले सबैले बिर्सिसक्यौं ? हाम्रो स्मरणशक्ति यति कमजोर रहेछ ? अथवा, हामीलाई त्यसको कुनै मतलब छैन ? अथवा, हामी प्रोपोगान्डामा रुमल्लिरहने विचारशून्य मस्तिष्क हौं ? जसले खालि कुनै क्रियाको प्रतिक्रिया मात्र दिन जान्दछ र स्वतन्त्रतापूर्वक आजको आवश्यकताबारे सोच्न जान्दैन, बोल्न जान्दैन !

आजको हुनुपर्ने हाम्रो बहस होः सरकारले पुनर्निर्माण कार्य कसरी अगाडि बढाउँदै छ ? अहिलेसम्म राहत र पुनर्निर्माणका के कति काम भए ? कसरी घरबारविहीनहरूलाई छानामुनि ल्याउन सकिन्छ ? ध्वस्त भएका संरचना कसरी पुनर्निर्माण गर्ने ? पुनर्निर्माणमा हाम्रो (जनताको) भूमिकालाई कसरी प्रभावकारी बनाउने ? पुनर्निर्माणका बेला सम्भावित भ्रष्टाचारलाई कसरी खबरदारी तथा नियन्त्रण गर्ने ? पुनर्निर्माणबारे अन्य देशका अनुभवहरू कस्ता छन् ? हामी सबैले आफ्नो दिमाग त्यहाँ खियाउनुपर्ने हो, बहस त्यहाँ हुनुपर्ने हो । तर, हामीलाई त्यसको कुनै मतलब छैन ।

हाम्रा धेरैजसो बहसहरू नेपाली जनताका विरोधीले फालेका सुनियोजित प्रोपोगान्डाहरूमा रुमल्लिएका छन् । पछिल्लो मधेस आन्दोलन र हिंसा अनि लगत्तै भारतद्वारा गरिएको नाकाबन्दीका बेला हामीमाझ चियापसलदेखि विभिन्न सामाजिक सञ्जालमा चलेका बहसहरू यसका ज्वलन्त उदाहरण हुन् ।

हाम्रा धेरैजसो बहसहरू नेपाली जनताका विरोधीले फालेका सुनियोजित प्रोपोगान्डाहरूमा रुमल्लिएका छन् । पछिल्लो मधेस आन्दोलन र हिंसा अनि लगत्तै भारतद्वारा गरिएको नाकाबन्दीका बेला हामीमाझ चियापसलदेखि विभिन्न सामाजिक सञ्जालमा चलेका बहसहरू यसका ज्वलन्त उदाहरण हुन् ।

भारतले लगाएको नाकाबन्दीले गर्दा देशले ठूलो आर्थिक क्षति बेहोर्नुप¥यो । भारतसँग सीमित व्यापार र देशभित्र उत्पादनको कमीका कारण देशमा दैनिक उपभोग्य वस्तु तथा पेट्रोलियम पदार्थको ठूलो मात्रामा अभाव देखियो, हाहाकार नै मच्चियो । यी सबै कुराहरूबीच एउटा भयावह स्थिति देखा प¥योे– अनियन्त्रित मूल्यवृद्धि तथा कालोबजारी । कालोबजारियाहरूका लागि वरदान साबित भएको यो नाकाबन्दीमा नेपाली जनताले इतिहासमै सबैभन्दा ठूलो सास्ती पाए ।

तर अचम्म ! हामी त्यतिबेला बहस गरिरहेका थियौं– कुन नेता ‘राष्ट्रवादी’ र कुन चाहिँ ‘राष्ट्रघाती’ ? एकथरीले भने– ‘ओली झुक्दै नझुक्ने नेपालीको छोरो’ । अर्काथरीले भने– ‘ओली पहाडे र मधेस विरोधी, आन्दोलनकारी चाहिँ सच्चा मधेसवादी ।’ एकथरीले सुझाए– ‘ओलीज्यू ! बरु भोकै बसौंला भारतसँग झुक्ने होइन ।’ अर्काथरीले बुझाए– ‘मधेसीलाई हक–अधिकार नदिए हामी नाकाबन्दी खोल्न दिँदैनौं ।’

मधेसमा संकट आएका बेला एउटा सामान्य ‘मधेसी’ले ‘पहाडे’प्रति खुब आगो ओकल्यो, एउटा ‘पहाडे’ले ‘मधेसी’लाई भन्नु–नभन्नु भन्यो । एउटा खाडीमा काम गर्ने पहाडेले सामाजिक सञ्जालामा लेख्यो– ‘झुक्दै नझुक्ने ।’ खाडीमै काम गर्ने मधेसीले लेख्यो– ‘नाकाबन्दी खोल्दै नखोल्ने’ तर, ती दुवैले यो कुरा बुझेनन् कि खाडीमा उनीहरूले रगत–पसिना बगाएर कमाएको पैसा यहाँ देशका कालोबजारीको गोजीमा जाँदै छ ! आत्मसम्मानको कुरा गर्दै दुवैजना ‘तिमीभन्दा म के कम ?’ भन्दै लडिरहे । तर, यहाँ कुरो आत्मसम्मानको थिएन । त्यो आत्मसम्मान जुन त नाकाबन्दी खुल्नेबित्तिकै सीमापारिको आलु पसलमा गएर टुंगिन्छ ।

यहाँ दुवैले बिर्से– न मधेस आत्मनिर्भर छ, न पहाड । यहाँ बहस हुनुपर्ने थियो– आत्मनिर्भरताको, सजिलो जनजीविकाको र कालोबजारीविरुद्धको । यहाँ बहस हुनुपर्ने थियो– संविधानमा वस्तवमै मधेसी तथा जनजातिहरूलाई भेदभाव गरिएको छ वा कसैले मधेसी जनताको भावनासँग राजनीति गर्दै छ ? यहाँ बहस हुनुपर्ने थियो– बाबुराम र नेपाली कांग्रेस सत्ता छोड्नेबित्तिकै मधेसी दलहरूको समर्थनमा किन पुगे ? यहाँ बहस हुनुपर्ने थियो– नाकाबन्दीसँग नझुकेर सरकारले जनताका लागि के वैकल्पिक व्यवस्था गर्दैछ ?

यी कुराहरूमा ठूलो बहस हुन पाएको भए सायद त्यसले कुनै तह वा तप्कालाई अवश्य पनि हल्लाउँथ्यो होला, झकझक्याउँथ्यो होला । तर, यस्तो भएन । देशका लागि चिन्ता भएका केही व्यक्तिले यो कुरा उठाए पनि यसमा उति सारो चासो कसैको देखिएन र मिडिया तथा स्रोत–साधनमा पहुँच भएको नेपाली जनताका विरोधीले तथा तिनका समर्थकहरुले बहसको बाटोलाई सधैंझैं निकै चलाखीपूर्वक एउटा गन्तव्यहीन बाटोमा मोडिदिए र हामी सधैंझैं त्यही विषयमा, त्यही प्रोपोगान्डामा रुमलिरह्यौं, जुन अझै जारी छ ।

प्रधानमन्त्रीले सपना राम्रो देख्छन्, सपना देख्नु राम्रो हो, सबैले देख्नुपर्छ र ती सपना पूरा गर्न सबैले हातेमालो पनि गर्नुपर्छ । अहिले प्रधामन्त्री ओलीले बोलेका सबै कुराको खोइरो खन्नेहरुको एउटा समुदाय नै छ, जो उनलाई असक्षम देखाउन चाहन्छ । अर्कोतर्फ एउटा ‘अन्धभक्त’हरूको जमात छ, जसले भन्छ– ‘बोल ओली बोल, अझै बोल !’

प्रधानमन्त्रीले सपना राम्रो देख्छन्, सपना देख्नु राम्रो हो, सबैले देख्नुपर्छ र ती सपना पूरा गर्न सबैले हातेमालो पनि गर्नुपर्छ । अहिले प्रधामन्त्री ओलीले बोलेका सबै कुराको खोइरो खन्नेहरुको एउटा समुदाय नै छ, जो उनलाई असक्षम देखाउन चाहन्छ । अर्कोतर्फ एउटा ‘अन्धभक्त’हरूको जमात छ, जसले भन्छ– ‘बोल ओली बोल, अझै बोल !’
प्रधानमन्त्री ओलीले बुझ्नु जरुरी छ– एउटा प्रधानमन्त्रीले देख्ने सपना र दिउँसै सुकुलमा निदाएको व्यक्तिले देख्ने सपनामा फरक हुनुपर्दछ् । त्यो सपनालाई व्यक्त गर्ने शैली र मात्रामा फरक अवश्य चाहिन्छ । यहाँ हामी जनताले बुझ्नु जरुरी छ– सत्तापक्ष अथवा विपक्ष जोसुकै होस्, सच्चा राष्ट्रवादी र राजनेता त्यही हो, जसले जनताको जनजीविकालाई सजिलो पार्न सकोस्, न कि जनताको दुःखमा खेलेर राजनीति गरोस् ।
एउटा चुस्त र सही विषयमा केन्द्रीकृत बहसले समाजलाई अगाडि बढाउँछ, नेताहरूलाई जनताप्रति उत्तरदायी बनाउँछ । तर, विषय नै गलत राखेर त्यसमा बहस गरियो भने त्यसले क्षणिक मनोरञ्जन देला अनि व्यक्तिगत कुण्ठा मेटाउला तर समाज र देशका लागि कुनै उपयोगी नतिजा दिँदैन । हाम्रो समाजमा बहस ‘विचार’, ‘आवश्यकता’ र ‘कार्य’ केन्द्रितभन्दा पनि ‘व्यक्ति’ र ‘समूह’ केन्द्रित भएका छन् । देशलाई साँच्चिकै अगाडि बढाउन सही बेलामा सही बहसको खाँचो हुन्छ, जसले उचित निकासका लागि सबैलाई खबरदारी गरोस् । होइन भने माथि चर्चा गरिएका जस्ता बहसले नेता तथा हुनेखानेहरूलाई केही लाभ पुयाउला, तर हाम्रो देश, समाज र जनजीविकालाई कहीँ पु-याउँदैन ।
(पन्त हाल मेल्बर्न, अस्ट्रेलियामा बस्छन् ।)

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार