Presidential

क्यानडाका प्रवासी नेपालीलाई लिखित शुभकामना दिदैँ ओलीले भने– ‘स्थानीय निर्वाचनमा नेपाल फर्किनुहोस्’


क्यानडाका प्रवासी नेपालीलाई लिखित शुभकामना दिदैँ ओलीले भने– ‘स्थानीय निर्वाचनमा नेपाल फर्किनुहोस्’

क्यानाडा । प्रवासी नेपाली मञ्च, क्यानाडाको प्रथम रास्ट्रिय अधिवेशन क्यानाडाको टोरोण्टो शहरमा सम्पन्न भएको छ । करिव ३०० जनाको नेपालीहरुको उपस्थितिमा सम्पन्न टोरोन्टो अधिवेनले नयाँ कमिटी निर्माण गरेको छ । अघिवेशमा करिब १ दर्जन भन्दा बढिको सहभागिता थियो ।

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्वोधन गर्ने कार्यक्रम भए पनि नेपालको बदलिदो राजनीतिक परिवेश तथा आसन्न स्थानीय निकायको निर्वाचनका कारण अन्तिम समयमा उनी कार्यक्रममा आउन नसक्ने भएकाले कार्यक्रममा ओलीले पठाएको लिखित शुभकामना बाचन गरिएको थियो ।

ओलीले शुभकामना शन्देशमा नपालको राजनैतिक परिर्वतन र लोकतन्त्र तर्फको यात्रामा प्रवासी नेपालीहरुको साथ सहयोग अनुपम रहेको र देश–विदेश जहाँ रहे पनि गर्वका साथ नेपाली हुँ भन्ने भावनाको प्रशंसा गरेका छन् ।

अधिवेशन सफलताको शुभकामना पत्रमा ओलीले आउँदै गरेको स्थानीय तहको निर्वाचका लागि देश र्फकन समेत आह्वान गरेका गरेका छन् ।
ओली अनुपस्थित भएपछि कार्यक्रमको प्रमुख अतिथिको रुपमा प्रवासी नेपालि मञ्च अमेरिकाका निवर्तमान अध्यक्ष संजय थापाले पानसमा बत्ति बालेर अधिवेशनको औपचारिक उद्द्घाट्न गरेका थिए ।

अधिवेशनको बन्दशत्रले ५१ सदस्यीय नया केन्द्रीय कमिटिको निर्बिरोध चयन गरेको छ । रमेश कुमार थापाको अध्यक्षतामा बनेको कमिटीको उपाध्यक्षहरुमा पशुपति पोखरेल, कुसुम ज्ञावाली, रविन्द्र घिमिरे रहेका छन भने महासचिवमा विश्वम्भर घिमिरे सचिवमा वेदनिधी गौतम, सुवास गिरी, सुजता गुरुङ चयन भएका छन भने कोषध्यक्षमा शान्तराम सापकोटा चयन भएका छन । कमिटीको कार्यकाल ४ बर्षको हुने छ । प्रवासी नेपाली मञ्च एमाले निकट प्रवासीहरुको विश्वभरी फैलिएको संगठन हो ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार