Presidential

मुम्बईमा छिटो महावाणिज्य दूताबास खोल्नुपर्छ


मुम्बईमा छिटो महावाणिज्य दूताबास खोल्नुपर्छ

टेक रावल ‘भिजन’, केन्द्रीय सदस्य, प्रवासी नेपाली संघ, भारत
भारत प्रवासमा एमाले समर्थितहरुको संगठन बलियो छ । प्रवासी नेपाली संघ, भारतका नामाम संगठित उनीहरुलाई संगठित गर्न एमालेले अञ्चल कमिटी सरहको मान्यता दिएर कमिटी बनाएको थियो । तर, नयाँ व्यवस्था अनुसार त्यो खारेज भएको छ । प्रवासी नेताहरु के भन्छन् त ? हाम्रा प्रतिनीधि शेरबहादुर थापाले प्रवासी नेपाली संघ, भारतका केन्द्रीय सदस्य टेक रावल ‘भिजन’ सँग गरेको कुराकानी: 

भारत प्रवासमा सयौँ मान्छेहरु हरेक महिना मरेका छन, मुम्बईमा मात्रै कम्तीमा १५ जनाको ज्यान जाने गरेको छ । यस्तो अवस्थालाई कसरी लिनुभएको छ ?

यस मानेमा हामी अत्यन्तै दुखी छौँ, हामी भारत प्रवासमा विविध कारणले आफ्नो ज्यान गुमाइरहेका छौँ । कसैले रेलको नियम थाहा नपाएर, कसैले अत्यधिक मदिरा सेवन गरी सडक पार गर्न खोजेर, कसैलाई करेन्ट लागेर त कोही अन्य कारणले ज्यान गुमाइरहेका छौँ । यसबारेमा सचेतता अपनाउन हामीले हाम्रा संगठनका सबै पदाधिकारी र कार्यकर्ताहरुलाई बारम्बार आग्रह गर्दै आएका छौँ । यस्ता खालका घटना, दुर्घटना न्यूनीकरणका लागि एक अभियान नै सञ्चालन गर्नुपर्ने हामीले देखेका छोँ । भारतमा रहेका सबै संघ, संगठनका मित्रहरुसँग एक खालको बहस सञ्चालन गरेर हामी छिट्टै त्यो निष्कर्षमा पनि पुग्नेछौँ ।

भारतमा ज्यान गुमाउनेले राज्यबाट केही पाउदैनन्, यस्तो किन ?

हो, यहाँ अकालमा ज्यान गुमाउनेहरुप्रति नेपाल सरकारले अहिलेसम्म उल्लेखनीय ध्यान दिन सकेको छैन । यहाँ कति नेपाली छन भन्ने तथ्याङक समेत सरकारले राख्न सकेको छैन । यहाँका नेपालीका समस्याहरु के हुन, तिनलाई कसरी समाधान गर्ने भन्ने तर्फ सरकारले ध्यान दिन सकिरहेको छैन । यसका लागि हामीले हाम्रो संगठनका तर्फबाट बारम्बार नेपाल सरकारलाई घच्घच्याउँदै आएका छौँ । बारम्बार हाम्रा आदरणीय नेताहरु डेलिगेसन लिएर नेपाल जानुभएको छ । हामीले थुप्रै ठाँउमा आवाजहरु उठाइरहेका छौँ ।

सरकार त एमालेकै छ, केही पहल भएको छैन ?

एमालेकै सरकार छ र त देशको स्वाभीमान हर्लक्क बढेको छ । देश विकासको गतितर्फ अग्रसर भइरहेको छ । अनि प्रवासमा बस्नेहरुले पनि मतदान गर्न पाउने व्यवस्थाको सुरुवात हुँदैछ । हामीले हाम्रा समस्याहरु समाधान गर्न असाध्यै प्रयत्नहरु गरिरहेका छौँ ।

मुम्बइमा महावाणीज्य दुतावास खोल्ने कुरा थियो, कहाँ पुग्यो ?

हामीले त्यो माग विगतदेखि गर्दै आएका छौँ । हामी सबै संगठनहरु मिलेर मागपत्र समेत पेस गरेकै छौँ । अनि बेलाबेलामा सरकारलाई झक्झकाइरहेका छौँ ।

त्यसो भए सरकारलाई झक्झक्याउँदै हाम्रा दिन जान्छन भन्न खोज्नुभएको हो ?

होइन, अब हामी यहाँका सबै संघसंस्थाहरुको एक टिम बनाउने योजनामा छौँ । जो टिम सबै राजनीतिक दलको प्रतिनिधि मुलक संस्थाको रुपमा रहोस्, नेपाली भवन बनाउने, नेपाली महावाणिज्य दूतावास खोल्ने, सामाजिक सुधारका क्षेत्रमा, सामाजिक चेतनाका क्षेत्रमा काम गर्न सक्ने एक शक्ति सम्पन्न संस्था बनाउछोँ र त्यसैमार्फत हामी अघि बढछौँ ।

यो कहिलेसम्म हुन्छ त ?

आशा गरौँ, यो चाँडै प्रक्रियामा जानेछ । हाम्रा नेताहरु लागिरहनुभएको छ । किनभने, यो अत्यन्तै आवश्यक छ ।

नेपालमा पार्टी लोकप्रिय भइरहँदा पार्टीले भूगोलको मान्यता नदिएको भनेर प्रवासी नेता, कार्यकर्ताहरुमा रोष देखिन्छ नि ?

यो कुरामा हाम्रो पहिलेदेखि नै पार्टी केन्द्रसँग मतभेद रहेको छ । अर्को कुरा पार्टीले हाम्रा अग्रज नेताहरुलाई स–सम्मान स्थापित गरोस् भन्ने मात्रै हाम्रो चाहना हो । भुगोलमा राजनीति गर्न त हामी भोलि नेपाल नै जाऔँला, त्यसमा हाम्रो विरोध होइन । मात्र यसमा विरोध हो कि हिजोका दिनमा यस क्षेत्रलाई भूगोलका रुपमा मानेर जीवनका ४० औ वर्ष पार गरेका नेता, कार्यकर्ताहरुलाई कसरी सम्बोधन गर्ने त भन्ने नै हो । यसबारेमा हामीले बारम्बार पार्टी केन्द्रको ध्यानाकर्षण गराएका छौँ । पार्टीलाई निरन्तर हामीले स्मरण गराइरहेका छौँ कि हाम्रा नेता तथा अग्रज कार्यकर्ताहरुलाई समुचित व्यवस्थापन गर्नुपर्छ । पार्टीले हाम्रा अग्रज नेताहरुलाई व्यवस्थापन गरेको खण्डमा हाम्रो कुनै विरोध या असन्तुष्टि रहने छैन ।

प्रवासी नेपाली संघ भारतमा पनि दुई धार छन रे होइन ?
विगतको सातौँ केन्द्रीय सम्मेलनताका त्यो अवस्था रहे पनि आजको दिनमा छैन । यहाँ केन्द्रमा केही नेताहरुले त्यस्तो गर्न चाहिरहेका छन तर राज्यमा जिम्मेवार नेताहरुको सक्रियता, उहाँहरुको निस्वार्थीपनका कारण यो गुटबन्दी यहाँ छैन । म कुनै पक्षको पनि छैन । म एमालेको एक कार्यकर्ता मात्रै हुँ । मलाई यो गुटगत राजनीति गर्नु छैन । म आम नेता–कार्यकर्ताहरुलाइ नेताहरुलाई भन्न चाहन्छु कि हामी यो वा त्यो रुपमा गुटबन्दीमा नलागौँ । हामी कसरी आम प्रवासीहरुका समस्या समाधान गर्न सक्छौं भनेर लागौँ ।

ए, त्यसो भए प्रनेसमा कुनै विवादै छैन ?

छैन । हामीमा त्यस्तो कुनै पनि मतभेद छैन । संघका विभिन्न गतिविधिहरु सञ्चालन गर्ने सवालमा, तिनलाई व्यवस्थापन गर्ने सवालमा केही मत भिन्नता, विरोध या विमति राख्दैमा विवाद छ भन्न मिल्दैन नि ? जस्तो कि हामीहरु संघर्षलाई प्यारो मान्नेहरु हौँ । मान्छेले जीउनका लागि हरेक क्षेत्रमा संघर्ष गर्छ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार