Presidential

कुवेतका अमिर साउदी अरब प्रस्थान


कुवेतका अमिर साउदी अरब प्रस्थान

२४ जेठ । कुवेतका अमिर शेख सवाह अल अहमद अल सवाहसँग कतार छ अरब राष्ट्रले कूटनीतिक सम्बन्ध सङ्कट समाधानका लागि मध्यस्थता गर्न साउदी अरब प्रस्थान गरेका छन् ।

कुवेती अमिर साउदी अरब, इजिप्ट, बहराइनलगायतका छ खाडी मुलुकले कतारले आतङ्कवादलाई सघाएको आरोपमा कतारसँगको कूटनीतिक सम्बन्ध विच्छेद गरेपछि सोमबारदेखि देखिएको सङ्कट समाधानमा पहल गर्न त्यसतर्फ गएको कतारी सांसदहरुले जनाएका छन् ।

“अमिर आजै साउदी अरबका लागि छुट्नुभएको छ” कतारका ख्यातीप्राप्त सांसद अलि अल देकवासीले कतारको संसदीय बैठकमा बताए । “हामी प्रार्थना गरौँ भगवानले उहाँको भ्रमणको उद्देश्य पूरा गर्नुहुनेछ र अरब राष्ट्रबीचको एकतालाई सफल पार्नुहुनेछ ।”

“कुवती तथा खाडी मुलुकका जनताको समर्थन अरब मुलुकबीच देखिएको वैचारिक भिन्नता अन्त्य गर्न अमिरले गर्ने पहलप्रति रहनेछ” संसद जमान अल हर्षबासले बताए ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार