Presidential

छोरीको जन्मदिनमा धुर्मुस–सुन्तलीलाई १ लाख ११ हजार


छोरीको जन्मदिनमा धुर्मुस–सुन्तलीलाई १ लाख ११ हजार

१४ असार । अमेरिकाको ओक्लाहोमामा मोटल व्यवसाय सञ्चालन गर्दै आएका काठमाडौंका अमृत (सुरेश) कट्टेल र निरु कट्टेलले आफ्नी जेठी छोरी स्नेहाको पाँचौ जन्मदिनको अवसरमा ‘धुर्मुस–सुन्तली एकीकृत वस्ती’ का लागि १ लाख ११ हजार रुपियाँ सहयोग गरेका छन् । ‘उपलव्धिमुलक होस् भनेर मैले यो महान् कामका लागि सहयोग गरेको हुँ,’ कट्टेलले भने ।

सुरेशको पुख्र्यौली घर चितवन हो । ‘यहाँ हामीले गर्ने फजुल खर्चले भूकम्पले घरबारविहीन एक परिवारले ओत पाउँछन् । त्यही भएर खाने, पिउने खर्च कटाएर एकहजार डलर सहयोग गर्ने निर्णयमा पुगेको हुँ,’ उनले भने ।
यसअघि अमेरिकामै रहेका पत्रकार विकासराज न्यौपानेले १ लाख १ हजार रुपियाँ प्रदान गरेका थिए ।
धुर्मुस–सुन्तली फाउन्डेसनले सिन्धुपाल्चोकको गिरान्चौरमा ६५ परिवारका लागि एकीकृत वस्ती निर्माण गरिरहेको छ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार