Presidential

एमाले सचिव भट्टराईको आतिथ्यमा बेलायतमा प्रवासी मञ्चको अधिवेशन सम्पन्न


एमाले सचिव भट्टराईको आतिथ्यमा बेलायतमा प्रवासी मञ्चको अधिवेशन सम्पन्न

अध्यक्षमा पुडासैनी निर्वाचित

१९ असार । नेकपा (एमाले) का सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईको प्रमुख आतिथ्यमा प्रवासी नेपाली मञ्च युके (बेलायत) को विशेष जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएको छ ।

उक्त अधिवेशनले राजेन्द्र पुडासैनीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । सो अधिवेशनले महिला उपाध्यक्षमा सरस्वति केसी र उपाध्यक्षहरुमा क्रमशः नारद भण्डारी, धनबहादुर क्षेत्री र रामजी बराल र कुमार केसी निर्वाचित भएका छन्। महासचिवमा भने विजयविक्रम लिम्बु निर्वाचित भएका छन् ।

यसैगरी, सचिवमा हेम लिम्बु र डासु पाण्डे र सदस्यहरुमा हरि आचार्य, मिलन घिमिरे, कृष्ण भण्डारी, केदार थपलिया, कृष्ण तिवारी, नरेन्द्र कँडेल, याम भण्डारी, मुकुन्दराज बास्तोला, रमेशकुमार न्यौपाने, वसन्त नेपाल, जोनी पहाडी, सुशीला राई, हरिगोविन्द गुरुङ, महेन्द्र केसी,अर्जुन खतिवडा, विमला सुब्बा र उमेश मोक्तान निर्वाचित भएका छन् ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार