Presidential

‘नेपालको शान्ति प्रक्रिया विश्वमै उदाहरणीय’


‘नेपालको शान्ति प्रक्रिया विश्वमै उदाहरणीय’

म्यान्मार । म्यान्मारकी लोकतन्त्रवादी नेतृ आङ साङ सुकीले नेपालको शान्ति प्रक्रिया विश्वमै उदाहरणीय रहेको बताउनुभएको छ । म्यान्मार भ्रमणमा रहेका बेला नेपालका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँगको भेटमा उहाँले उक्त कुरा बताउनुभएको हो ।

‘नेपालले विश्वमा उदाहरण देखाएको छ’– भेटमा सहभागी नेपाल परिवार दलका अध्यक्ष तथा सांसद एकनाथ ढकालले सुकीलाई उद्यृत गर्दै भन्नुभयो– ‘द्वन्द्वबाट शान्तिमा रुपान्तरणका नेपालले गरेको प्रगति हाम्रो मुलुकका लागि पनि प्रेरणादायी छ ।’

लामो समयसम्म म्यान्मारको सैनिक शासकद्वारा नजरबन्दमा राखिएकी नाबेल पुरस्कार प्राप्त नेतृ सुकीलाई त्यहाँको संविधानले सरकार प्रमुख हुन रोक लगाए पनि गत निर्वाचनमा उहाँको पार्टी नेसनल लिग फर डेमोक्रेसीले बहुमत प्राप्त गरेपछि विशेष सल्लाहकारका रुपमा सरकार चलाइरहनुभएको छ । उहाँहरुबीच म्यान्मारको विदेश मन्त्रालयमा भेटघाट भएको थियो ।

बरिष्ठ नेता नेपालले शान्ति प्रक्रियाको सफलतासँगै नेपालले संविधान निर्माण गरेर नयाँ बाटो समातेको चर्चा गर्दै अब राष्ट्रिय अभियानका साथ आर्थिक विकासमा केन्द्रित हुनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो– ‘द्वन्द्वबाट गुज्रेका मुलुकहरुले सामना गरिरहेका साझा समस्याहरुलाई मिलेर सामना गर्न सकिन्छ ।’

पूर्वप्रधानमन्त्री नेपालले नेतृ सुकीलार्इ नेपाल भ्रमणको निम्तो दिनुभएको छ । दुई देशका नेताहरुका बीचमा दुर्इ मित्र राष्ट्रबीचको आपसी हितका बारेमा कुराकानी भएको थियो । उक्त भेटमा म्यान्मारका लागि नेपाली राजदूत भीम उदास पनि सहभागी हुनुहुन्थ्यो ।

नेपाली भाषा पाठ्क्रममा राखिदिन आग्रह

नेपाली दूताबासद्वारा आयोजित भेटघाट कार्यक्रममा म्यान्मारमा लामो समयदेखि बसोबास गर्दै आएका नेपालीहरुले आफुहरुलाई गैरआवासीय नेपालीको रुपमा पहिचान प्रदान गर्न र म्यानमारमा पढाइने नेपाली पाठ्यक्रमलाइ नेपाल सरकारले मान्यता प्रदान गर्न पहल गरिदिन पूर्वप्रधानमन्त्री नेपालसँग आग्रह गरेका थिए ।

पूर्वप्रधानमन्त्री नेपाल इन्टरनेसन एसोसियसन अफ पार्लियामेनटरियन फर पिसको कार्यक्रममा सहभागी हुन म्यानमार जानुभएको थियो । पूर्वप्रधानमन्त्री नेपाल आजै स्वदेश फर्किनुभएको छ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार